हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

दुवै प्रहरीमा आईजीपी फेरिँदै,नेतृत्वका लागि दौडधुप

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हदका कारण दुवै संगठनका आईजीपीले २८ चैतमा अनिवार्य अवकाश पाउँदैछन् । आईजीपी रिक्त हुने मिति नजिकिएसँगै दुवै संगठनको नेतृत्वका लागि दौडधुप सुरु भएको छ ।

नेपाल प्रहरीको ऐन– नियमवालीअनुसार ३० वर्षे सेवा हदका कारण चैत २८ गते आईजीपी प्रकाश अर्यालसहित १५ जना एआईजीले अनिवार्य अवकाश पाउँदैछन् । यतिमात्रै होइन, वरियतामा अगाडि रहेका डीआईजीहरु गोविन्द निरौला, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य, गणेश केसी, केदारमानसिंह भण्डारी, रमेश भट्टराई, पुष्पचन्द्र रञ्जित र एसएसपी विष्णुहरि गौतमले पनि ३० वर्षे सेवा हदका कारण अवकाश पाउनेछन् । चैत २९ गतेबाटै लागु हुनेगरी सरकारले नेपाल प्रहरीको २६ औं आईजीपी अर्थात् नयाँ नेतृत्व नियुक्त गर्नुपर्ने हुन्छ ।

नेपाल प्रहरीमा खनाल, खरेल र कार्की दाबेदार

नेपाल प्रहरीको २६ औं आईजीपीमा डीआईजीमध्येबाट नै एकजना नियुक्त हुनेछन् । सामान्यतयाः वरियताक्रममा एक नम्बरमा रहेका डीआईजी नै आईजीपी हुने गर्छन् । तर, आईजी नियुक्ति मन्त्रीपरिषदको अधिकारको विषय हो ।

नयाँ आईजीपीका लागि प्रहरीमा ३ अनुहारको चर्चा छ । डीआईजीत्रय सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्येबाट नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने निश्चित छ । खनाल, खरेल र कार्की तीनैजना २०४६ का व्याजी हुन् । नेपाल  प्रहरीमा तीनजनाकै आफ्नै क्षमता र काम गर्ने पृथक शैली छ ।

हाल डीआईजीको वरियतामा सर्वेन्द्र खनाल एक नम्बरमा छन् भने खरेल दुई र कार्की तीन नम्बरमा छन् । खनालले एसएसपीसम्म आइपुग्दा तराईदेखि अन्य विभिन्न जिल्लाको कमाण्ड गरिसकेका छन् । खनालले यसअघि धनुषा, तत्कालीन अञ्चल प्रहरी कार्यालय नारायणी, काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्व गरिसकेका छन् । कुख्यात भारतीय अपराधी बब्लु दुवेको पक्राउदेखि कुमार घैंटेको इन्काउन्टरसम्मको अपरेसन गरेका खनालले नेपाली फुटबलको म्याच फिक्सिङको पर्दाफास गरेर पनि चर्चा बटुलेका थिए । खनाल अहिले ट्राफिक प्रहरी महाशाखाको प्रमुख छन् ।
यस्तै रमेश खरेल पनि चर्चित प्रहरी अधिकारी हुन् । भ्रष्टाचार र अपराधविरुद्ध खुलेरै नेताहरुकै अगाडि बोल्ने उनको शैलीले उनी चर्चित भए । खरेलले २ पटक काठमाडौं प्रहरी परिसरको नेतृत्व समेत सम्हाले । काठमाडौंमा गुण्डागर्दी नियन्त्रणदेखि पर्साको तस्करी सञ्जाल तोडेपछि उनको चर्चा चुलिएको थियो । प्रहरी संगठनभित्र उनी खरो अधिकृतका रुपम चिनिन्छन् । एमाले नेता वामदेव गौतमसँग एक कार्यक्रममा ‘सुटकेश बोकेर तपाईंकोमा हाकिमहरु आउलान्’ भनेपछि उनी केही विवादमा पनि मुछिएका थिए । खरेललाई तराईका जिल्ला र फिल्डमा काम गरेको अनुभव कम छ । खरेल अहिले सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।

आईजीका अर्का दाबेदार हुन् डीआईजी पुष्कर कार्की । कार्कीले काठमाडौं प्रहरी परिसर, अपराध महाशाखा, गोरखा र कास्कीलगायत जिल्लाको कमाण्ड गरिसकेका छन् । राष्ट्रसंघीय मिसनमा सबैभन्दा उच्च तहमा बसेर काम गरेका प्रहरी अधिकारी कार्की प्रहरी सुधार र व्यवस्थापनमा चासो राख्छन् । हाल केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख रहेका कार्कीको नेतृत्वमा अपराधी मनोज पुन ग्याङ समातिएको छ भने काठमाडौंमा छात्रामाथि एसिड प्रहार गर्ने तथा टेकु, ठमेल र न्युरोडमा गोली हान्ने समूहको पहिचान भएको छ । त्यस्तै, नक्कली चिनियाँ डाक्टर समातिएका छन् । यस्तै, दोलखामा रहेको विटक्वाइटनको अपरेसनदखि वन्यजन्तुको हाडछाला तस्करी र सामूहिक अपराधका कैयौं मुद्दाहरुमा उनले चर्चा कमाएका छन् ।

कसले सम्हाल्ला सशस्त्रको कमाण्ड ?

सीमा सुरक्षा तथा अर्धसैनिक बल भनिने सशस्त्र प्रहरीमा पनि आईजीपी सिंहबहादुर श्रेष्ठले २८ चैतमा अनिवार्य अवकाश पाउने भएपछि नयाँ नेतृत्व कसले सम्हाल्छ भन्ने चासो बढेको छ । सिंहसँगै एआईजी प्रेमकुमार शाही र प्रकाश ओझाले पनि २८ चैतमै अवकाश पाउनेछन् । सशस्त्र प्रहरीमा भावी नेतृत्वका लागि एआईजीहरु शैलेन्द्र खनाल, पुष्पराम केसी र नारयाणबाबु थापाको चर्चा छ । २०१९ वैशाख १९ गते नेपाल प्रहरीमा निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका उनीहरु सशस्त्र प्रहरी बल गठन हुँदा एक तह बढुवा भएका थिए ।

आईजीपीका दाबेदार खनाल सशस्त्र प्रहरीमा चतुर प्रहरी अधिकारीको रुपमा चिनिन्छन् । कूटनीतिक रुपमा सम्बन्ध विकास गर्न सिपालु खनाल चर्चामा रहेका एआइजी हुन् । सशस्त्र प्रहरीमा प्रायः वरियतामा पहिलो नम्बरमै रहेका आईजीपी बन्ने प्रचलन हुँदा नेपाल प्रहरीमा जस्तो दौडधुप र चलखेल कम हुँदैन ।

आईजीपीको दौडमा रहेका एआईजी पुष्पराम केसी व्यावसायिक प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । मिडियामा उनी खासै आउँदैनन् । सशस्त्र प्रहरीको व्यावसायिक सुधारका लागि भने उनले बोल्दै आएका छन् । बार्हखरिबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution