नेपालमा गोरु काट्न सिकाउने को ?

हिजो आज सामाजिक संजालमा प्रदेश नंबर तीनको प्रदेश उपसभामुख राधिका तामाङको ब्यापक आलोचना भैरहेको छ । आलोचनाको मुख्य कारण छ राधिका तामाङले गाई काटेर खान पाउने कानुन बनाउन पहल गर्छु ।
म एक जना तामाङको छोरा हुँ । हामी पनि गाई गोरु खाने परिवार नै हो । म भन्दा पुरानो पुस्ता भनौ मेरो बाउको पालामा तामाङहरुले गाई गोरु यो स्थितिमा खाने रहेछ कि हाम्रो तिर पहाड भएकोले प्राय भिर पाखा हुन्थ्यो चरणको क्रममा त्यही भिर पाखाबाट लडेर मरेको गाई गोरुको मासु खाने रहेछ मैले नि खाए ।
2052 सालमा तत्कालिन माओवादीले जनयुद्ध शुरु गर्यो । त्यस ताका ठुलै जनधनको क्षेति भएको त तँपाई हामीमा सर्ब ब्यतित नै छ । त्यसै क्रममा माओवादीका लडाकुहरुले नै गाउँमा गाई गोरु काट्ने शुरु गरेको हो । यो सायद मेरो गाउँमा मात्र हैन देश भरि नै शुरु गरेको हुनु पर्छ । माओवादीमा पार्टी अध्यक्ष गाई गोरु नखाने समुदायका, लडाकु कमाण्डर गाई गोरु नखाने समुदायका र पार्टी भित्रका सबै जसो ईन्चार्जहरु गाई गोरु नखाने समुदायका नै थियो ।
त्यस ताका उनिहरुले नै गाई गोरु काट्न शुरु गर्यो । उनीहरुको त भोज भतेरमा मासु नै गाई गोरुको प्रयोग गर्न थाल्यो बरु हामी तामाङहरु चाही भोज भतेरमा राँगा भैसीको मासु प्रयोग गरिन्थ्यो । अब तँपाई मित्रहरु भन्नुस गाई गोरु काट्न शुरु गर्ने र आदेश दिने को ?
त्यति बेला हामी त खेती किसानमै निर्भर हुने खेती किसान गर्नेलाई गोरु अत्याबश्यक हुन्थ्यो । त्यसरी गोरु काटेर खान थाले पछि गोरुको मुल्य अत्याधिक बढ्यो किन्ने हैसियत नै गुम्ने सम्मको भयो तामाङसामुदायमा ।
त्यसैको सिको गर्दै अहिले केही तामाड़हरु भनौ या गाई गोरु खाने समुदायहरुले यसैलाई पेशाको रुपमा बिकाश गर्यो । प्रहरी प्रशासनले उनिहरु माथी सार्बजनिक मुद्धा लगायो । जेल हाल्यो तर दोषी उनीहरु हैन । दोषी त हिजो गाई गोरु नखाने समुदायका तर गाई गोरु काट्न आदेश दिएर मासु खान शुरु गरेका माओवादी भित्रका ठुलो ठालु नेताहरु हुन ।
आज त्यही गाई गोरु काट्ने सोझो गरिब उत्पिडित समुदायको ओकालत गर्दा राधिका तामाङमाथी यत्रो हमला ? अरु भन्दा पनि हिजो गाउँ गाउँमा बन्दुक बोकेर हिड्ने गाई गोरुको मासु नखाने समुदायका कमरेडहरुले गाई गोरुको मासु टन्न खाएर आज राधिका तामाङको बिरोध गरेको देख्दा लाज लागेर आयो । हुन त मैले गाई गोरुको मासु खाने युरोपियन र अमेरिकनको उदाहरण दिन्न धेरैले दिई सकेको छ ।
हो हाम्रो देश नेपालमा अधिकांश हिन्दुधर्मलम्बीहरु नै छन । उनिहरु गाईलाई पुज्छन । उनिहरु जन्म जात नै गाई गोरु खाँदैनन । म उनिहरुले खानु पर्छ भनेर भन्दिन । मेरो चाहन यति हो कि त गाई गोरु काट्नेलाई कडा सजायको कानुन बनाउ नभए सोझो गरिब उत्पिडित समुदायलाई गाई गोरु काटेको आरोपमा मुद्धा मामला नगर । गर्ने नै हो भने हिजो गाई गोरु काट्न उत्प्रेरित गराउने गाई गोरुको मासु नखाने समुदायका ठुला ठालु नेता भनौदोहरु माथि मुद्धा लगाईयोस । हैन भने भित्र भित्र लुकी छिपी गाई गोरुको मासु टन्न खाने सामाजिक संजालमा आएर चाही राधिका तामाड़को खोईरो खन्ने गर्यो भने पाप लाग्छ है ।
– दावा योन्जन तामाङ , इजरायल