नेपाली दुतावास इजरायल द्वारा २५६२ औ बुद्ध जयन्ति मनाउने

३ मार्च , तेलअविव – भगवान बुद्धको २५६२ औ बुद्ध जयन्ति नेपाली दुतावास इजरायलको संयोजकत्वमा आउदो ५ मे २०१८ (शनिबार) भव्यताको साथ मनाउने भएको छ |
नेपाली दुतावास इजरायल द्वारा इजरायल स्थित एनआरएनए , नेपाल आदिवासी जनजाति महासंघ ,इजरायल लगायत राजनीतिक , सामाजिक र जातीय संघ संस्थाको प्रतिनिधिहरुलाई दुवावासमा छलफलको लागि आमन्त्रण गरी निर्णय गरेको छ |
इजरायल स्थित सम्पूर्ण संघसंस्थालाई समेट्दै भव्यताको साथ बुद्ध जयन्ति मनाउन एनआरएनए इजरायलको कार्यलयमा सबै संस्थाको बैठक बस्ने भएको नेपाल तामाङ घेदुङ इजरायलका महिला विभाग प्रमुख सारा लामा तामाङले तामाङअनलाइनलाइनलाई जानकारी दिनु भएको छ |
यो पनि पढ्नुहोला नेपाली दुतावास इजरायल समक्ष बुद्ध जयन्ति सरकारी तवरबाट मनाउन माग गर्दै ज्ञापन-पत्र