सद्दाम हुसेनले आफ्नो २६ लिटर रगतले लेखाएका थिए कुरान

सद्दाम हुसेनलाई ठूला ठूला महल बनाउने तथा ठूला ठूला मस्जिद बनाउने शोख थियो । यसै क्रममा उनले मध्य बगदादमा मस्जिद बनाएका थिए जसको नाम उनले अल मारीक दिएका थिए ।
यसलाई खास रुपमा २००१ मा सद्दाम हुसेनले वार्षिक उत्सवको लागि बनाएका थिए । यो खास रुपमा स्कड मिसाइलको जस्तो थियो । यो त्यही मिसाइल हो जसलाई हुसेनलले खाडी युद्धका क्रममा इजरायलमा हानेका थिए ।
‘अप्रेशन डेजर्ट स्टार्म’ जो ४३ दिनसम्म चलेको थियो जसको याद दिलाउनका लागि यो मस्जिदको उचाइ ४३ मिटर बनाइएको थियो ।
सद्दाम हुसेनको जीवनी लेख्नेवाला कन कफलिन लेख्छन्,‘सद्दामले बनाएको एक मस्जिदमा सद्दामको रगतले लेखिएको एक कुरान राखिएको छ ।’
यसको सबै ६०५ पन्नको मानिसलाई देखाउनका लागि एक शीशाको बाकसमा राखिएको थियो । मस्जिदका धर्मगुरुका अनुसार यसका लागि सद्दामले केही सालसम्म आफ्नो २६ लिटर रगत दिएका थिए ।
सद्दामका बारेमा लेखिएको एक अर्को पुस्तक सद्दाम हुसेन द पोलिटिक्स अफ रेवें का लेखक सैद अबूरिशका अनुसार सद्दामले ठूल ठूला भवन तथा मस्जिद बनाउनाको कारण उनले टिकरितमा विताएको आफ्नो बचपना थियो । जतिवेला उनको परिवारसँग एक जुत्तासम्म किन्ने पैसा थिएन ।
इराक जस्तो मरुभूमी भएको देशमा पहिलो पटक पानी तथा शक्तिको रुपमा रहेका थिए ।
उनी स्विमिङ पुलका सोखिन थिए । पानीको तापक्रमलाई विशेष ध्यान दिइएको हुन्थ्यो भने स्विमिङ पुलको पानीको बेलाबेलामा जाँच गरिन्थ्यो, न पानीमा विष मिसाइएको छ कि भन्दै ।
उनले कयौं शत्रुलाई थेलियम नामक विषको प्रयोग गरेमा मारेका थिए । र, उनलाई आफूलाई पनि विष खुवाएर मारिने डर थियो । जसका कारण उनी बगदादको महलमा ल्याइने मासूको परिक्षण गरिने गरिएको थियो ।
सद्दामका २० वटाजति महल थिए । जसमा हरेक दिन तीन समय खाना पाक्थ्यो चाहे त्यहा सद्दाम हुन् या नहुन् ।
सद्दामको कमजोरी थियो कि उनी सधै राम्रो देखिने प्रयास गर्थे जसका कारण उनले सैनिकवाला लूगा छाडेर सुट लगाउन थालेका थिए ।
सद्दाम हुसेन आफ्नो कपालमा जेल लगाउँथे । उनी मानिसहरुको अगाडि कहिल्यै पढ्नका लागि लगाइने चस्माको प्रयोग गर्दैनथे । बरु उनका भाषणका कपिमा ठूला ठूला अक्षरमा लेखिएको हुन्थ्यो । उनका भाषण एक पन्नामा दुई या तीन लाइन मात्र लेखिएको हुन्थ्यो ।
एक दिन मन्त्रिपरिषद्को बैठकमा सद्दाम मन्त्रिमण्डलका एक मन्त्रीले घडी हेरेको उनले देखे । बैठक सकिएपछि ती मन्त्रीलाई बोलाए र के तिमीलाई हतार छ ? भन्दै सोधे । मन्त्रीले त्यस्तो त होइन तर… भने । त्यसपछि सद्दामले उनलाई थुन्न आदेश दिए । उनलाई तीन दिनसम्म थुनिएपछि छाडियो तर उनको मन्त्री पद भने गयो ।