फेसबुक बन्द भयो भने के हुन्छ ? फेसबुक कसरी फस्यो ?

दिन हो या रात, कार्यालयको डेक्सटप हो या हातमा रहेको स्मार्ट फोन फेसबुक त्यो दुनिया हो जो हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनेको छ ।
घर परिवारको तस्वीर या फेरि अफिससँग जोडिएको केही राम्रो नराम्रो समाचार अब निजी जिन्दगीको खबर पनि फेसबुकमा ब्रेक हुने गरेको छ ।
यस समाचारलाई पढ्ने धेरै मानिसलाई यस्तो गर्छन् होला । त्यसकारण फेसबुकसँग जोडिएका पछिल्ला घटना र संभावित नतिजाका बारेमा तपाईं जानकार हुन जरुरी छ ।
फेसबुकसँग जोडिएको एक समाचारले विश्वको होस उडाइदिएको छ । सुन्नमा यो कुरा निकै जटिल छ । तर जति जटिल छ त्यसभन्दा धेरै समस्या अगाडि आउन सक्छन् ।
फेसबुक कसरी फस्यो ?
रिसर्च फर्म क्याम्रिज एनालिटिका माथि आरोप लागेको छ कि उसले ५ करोड फेसबुक प्रयोगकर्तासँग जोडिएको जानकारीको गलत प्रयोग गरेको छ ।
यो बहस एक पटक फेरि शुरु भएको छ कि सामाजिक सञ्जालमा मानिसहरुसँग जोडिएको जानकारी कसरी र कसकासाथ सेयर गर्न सकिन्छ ।
र, फेसबुकका लागि यो सवै जानकारी या डाटा कामाइको मुख्य श्रोत हो किनकि यहि विज्ञापन दिने वाला कम्पनीलाई उसँग ल्याउने साधन हो जसको माध्यमबाट उसले कमाइ गर्छ ।
तर क्याब्रिज एनालिटिकासँग जोडिएको घटनाले फेसबुकलाई लिएर गम्भीर प्रश्न तेर्सिएको छ । यस्तोमा सामाजिक सञ्जालहरुमा फेसबुक डिलीट गर्नेसँग जोडिएको ह्यासट्याग पनि भाइरल बनेको छ ।
वाट्सएपका सह संस्थापक ब्रायन एक्टनले ट्विटरबाट सल्लाह दिएका छन् । फेसबुकले केही साल पहिला १६ अर्ब डलर या १ लाख करोड रुपैयाँ भन्दा धेरैमा वाट्सएप किनेको थियो ।
यो कुरा त स्वयं फेसबुक डिलिट गर्ने सल्लाहको । तर के साल २०१७ को अन्तिम समयमा २.२ अबर मानिस एक्टिब यूजर रहेको फेसबुक बन्द पनि हुन सक्छ ? यदी यस्तो भयो भने के हुन्छ ?
समाजमा यसको कति असर पर्ला ?
फेसबुकको आकार देखेर आज यस्तो लाग्न सक्छ कि यो समभव छैन । तर विज्ञान प्रविधिको विश्वमा चीजहरुको यति तिव्र परिवर्तन हुन्छ कि आज असम्भव जस्तो लाग्ने कुरा पनि भोलि सामान्य लाग्न सक्छ ।
सीएनएनका अनुसार धेरै दिन भएको छैन जब इन्टरनेट कम्पनीले मिलेर पूरै दुनिया फेरेका थिए ।
फेसबुकले परम्परा देखि चल्दै आएका मिडियालाई बदलेको छ । नेटफ्लिक्स तथा एयरबीएनबी जस्ता चीजले ट्याक्सी, फिल्म हल तथा होटलको ठाउँ लिएको छ ।
चैत ८, २०७४ मा प्रकाशित