हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

पुरुषले तीनवटी पत्नी राख्न पाउने, महिलाले किन नपाउने ?

विषय थियो उनीसँग मैले लिएको अन्तरर्वार्ता । जहाँ उनले कानुनी रुपमा समान भएर पनि महिलामाथि भएको साँस्कृतिक विभेदमाथि प्रश्न उठाएकी थिइन् । जुन भनाइलाई आफ्नै तरिकाले बंग्याएर यमुना अर्याल काफ्लेले कान्तिपुर अनलाइनमा प्रतिवाद गर्न खोजेकी रहिछन् । रवीनाको भनाईको सार थियो – महिलामाथि कानुनले विभेद गरेको छैन, पौराणिक पूर्वीय संस्कृतिले देवी, लक्ष्मी, सरस्वतीका रुपमा पूजा गर्छ । तर, सामन्ती युगिन संस्कारले भोग्य वस्तुको तहमा ब्यवहार गर्छ । आफन्तको जमघटमा एकजना बृद्धले गरेको बयानलाई आधार बनाएर रवीनाले दिएको उदाहरणको गलत आशयपूर्वक प्रचार गरिएकोप्रति उनको आपत्ति थियो ।

एउटा जमघटमा एकजना बृद्ध आफ्ना तीनवटी श्रीमतीसहित उपस्थित हुन्छन् र सहज रुपमा उनीहरुको परिचय दिन्छन् । हो, बहुविवाह कानुनी रुपमा वर्जित छ । कानुन छँदाछँदै हाम्रो समाजमा जेठी, माइली, साईंली, कान्छी श्रीमतीहरु पनि छन् । यो भोगिएको यथार्थ हो । त्यसले उत्पन्न गरेको सामाजिक साँस्कृतिक धरातलमाथि रवीनाले गरेको प्रश्नलाई आधार बनाएर कान्तिपुर अनलाइनमा प्रकाशित काफ्लेको लेखले निश्कर्ष निकाल्यो– रवीना केही थान श्रीमान् खोजिरहेकी छिन्, उनलाई एउटा श्रीमान्ले पुगेन ।

रवीनाले धेरै श्रीमान् राख्न पाउने माग गरेकी थिइनन् । समान कानुनी हैसियत भएका महिला र पुरुष बीचको विभेद मात्रै चित्रण गरेकी थिइन् । कुरा यत्ति हो, समाजको प्रचलित मान्यताले आफूमाथि कस्तो दृष्टि राख्ला भन्ने कुरासँग उनी डराइनन् । त्यसवापत रवीनालाई खेद्नुभन्दा समाजको साँस्कृतिक स्तर उठाउन मेहनत गर्न लाग्नु नै उपयुक्त होला । समाजको साँस्कृतिक चेतनामाथि जबर्जस्त प्रश्न उठाउनु र त्यो प्रश्नमार्फत हमला बोलेर समाजलाई नयाँ दिशातिर डोर्याउनु नागरिक कर्तब्य हो । रवीनाले आफ्नो कर्तव्य निर्वाह गरेकी थिइन् ।

जुनसुकै समयको समाज होस्, अक्सर त्यो न्युनतम चेतनाबाटै निर्देशित हुन्छ । त्यसले आफ्नो समयको सिद्धान्तमाथि गरेको प्रश्नलाई अन्यत्र मोडिदिन्छ र ब्यक्तिगत चरित्रमा लगेर जोड्छ । रवीना देशराजले गरेको सामाजिक ब्यवस्थाको चित्रणका हकमा पनि यहि भएको हो । समाज एउटी आकर्षक महिलाको यौन जीवनबारे के भन्छे भन्नेमा चनाखो भएर बसिरहेकै हुन्छ । त्यसमाथि ‘पुरुषले तीनवटी श्रीमती राख्न पाउने, महिलाले किन नपाउने ?’ शीर्षक फेला पारेपछि अरु कुरै चाहिएन, निश्कर्ष निस्कियो– रवीना केही थान बलिया पुरुषको खोजीमा छिन् । कुरा त त्यो थिएन, उनको आवाज महिलालाई उपलब्ध साँस्कृतिक धरातलको थियो । त्यहि धरातलमा हुर्किएका महिला लेखकले समेत यसलाई यसरी चित्रण गरिदिए कि समाजमा भएका तमाम विभेदसँग देशराजलाई कुनै चिन्ता छैन, फगत बलिष्ठ पुरुषको खोजी बाहेक ।

हो, रवीनाले त्यस विषयमा बोलेकी थिइन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आसपासको समय थियो । आफ्नै पौरख र सामर्थ्यले बैंकिङ क्षेत्रमा उच्चस्थान बनाउन सफल उनीसँग समाजमा महिलाको स्थानबारे कुरा गरौं भनेर म गएकी थिएँ । थोरै मात्रै कमजोर देखिए बोक्सी ठहर गरेर मलमुत्र खुवाउने सामाजिक चेतना छिचोलेर त्यस उचाईमा पुगेकी रवीना देशराज वार्ताका लागि उपयुक्त पात्र थिइन् नै । यस ठाउँसम्म पुग्न समाजको यहि संरचनामा के के भोगिनन् ? के तीन तीनवटी श्रीमती घरमा थुपार्ने र छोरीलाई बाहिर निस्कंदा बिग्रेको उपमा दिने सामाजिक ब्यवहार हामीले भोगेका होइनौं र? यहि चित्र प्रस्तुत गरिदिंदा रवीना देशराजले नयाँ लोग्ने खोजेको अर्थमा मात्रै लिने?

त्यसबेला संवाद हुँदा उनले समाजमा महिलाले तीन खालका स्थिति भोग्नु परेको बताएकी थिइन् । पहिलो, वलात्कारमा पर्दा, बोक्सी, दाइजो जस्ता अनेक बहानामा जलाईंदा वा चुरोटले डामिंदा पनि आफ्ना लागि बोल्न सक्दैनन् । किनकि उनीहरु आश्रित छन् । दोस्रो, घरबाट निस्किएर केहि गर्न सक्ने महिला छन् । ती आफ्नो र अरुको पीडामा आवाज उठाउन सक्छन् । तर बिहान बेलुका घरको र दिउँसो अफिसको काममा ब्यस्त उनीहरु जागिरले नै जीवनमा क्रान्ति आइसकेको ठान्छन् । समाजका विभेदकारी संस्कृतिविरुद्ध बोल्दा मर्यादाहीन हुने उनीहरु टिप्पणी गर्छन् । अर्काथरि महिला समाजको प्रचलित मान्यतासँग आफूलाई ढालेर समस्या छोप्न खोज्छन् । र यस्ता महिला हिंसाका लागि सामाजिक आधार बनेका हुन्छन् ।

रवीना देशराजको अन्तर्वार्ता छापिएपछि धेरैवटा अनलाइन र पत्रिकाले त्यसलाई साभार गरे । सामाजिक सञ्जालमा अन्तर्वार्ता पढेर आएका प्रतिक्रियाले समाजको सोच्ने स्तर निर्धारण गरेजस्तो लाग्छ । त्यहाँ गरिएका शब्दचयनले सम्बन्धित ब्यक्तिको मात्र होइन, समाजको प्रतिबिम्ब देखाउँछ । कानुनी तवरबाट समानता भएपनि ब्यवहारिक रुपमा हामी कस्तो ठाउँमा छौं भन्ने जानकारी त्यसले दिन्छ ।

प्रश्नहरुको सामर्थ्य अलग अलग हुन्छ । अक्सर प्रश्नकर्ताहरु सत्य उद्घाटित गर्न होइन अपेक्षित उत्तरका लागि मात्रै लालायित हुन्छन् । पुरुषले तीनवटी पत्नी राख्न पाउने, महिलाले किन नपाउने ? भन्ने प्रश्नको आफू अनुकुल उत्तर पर्गेल्ने प्रयास यसैको उपज हो । लैंगिक आधारमा समान सामाजिक धरातल निर्माणको प्रश्नलाई बहुपतिको ‘भ्याकेन्सी’का रुपमा महिला लेखकहरुले नै प्रचार गरेको देख्दा उदेक लाग्छ । महिला र पुरुषलाई समान कानुनी अधिकार छ भन्ने मान्ने हो भने त्यही समानताको आडले विद्यमान सामाजिक चेतनामाथि प्रश्न गर्ने अधिकार र कर्तव्य हरेक चेतनशील नागरिकको हो, रवीना देशराज जस्ता सचेत महिलाको त अवश्यमेव हो । यसरी समानताको अधारभूमि  खोजी गरिनु सामाजिक आन्दोलनको स्वाभाविक प्रक्रिया हो भन्ने बुझ्न प्रश्नको  सामर्थ्य बुझ्नु जरुरी छ । प्रश्न सोधेरै युगीन चेतनाको क्षितिज फराकिलो पार्न सकिन्छ, प्रश्नलाई खुम्च्याएर होइन ।

एउटा प्रचलित उखान छ – बाघको न्यास्रो लागे विरालोको अनुहार हेर्नु । सचेतनाको माथिल्लो सिंढी बुझ्ने सामर्थ्य नभएपछि समान सामाजिक धरातलको खोजीलाई बहुपति खोजीको रुपमा अर्थ्याइनु बाघको न्यास्रो मेट्न विरालो खोज्नु जस्तै हो । कान्तिपुर बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution