एसईई अंग्रेजी प्रश्नपत्रमा देखियो यस्तो त्रुटि

लमजुङ – अनिवार्य अंग्रेजी विषयको पेज नं. ३, प्रश्न नं. ३ को ‘ए’ मा सही र गलत छुट्याउन भनी ५ नं. को अंकभार राखेर प्रश्न सोधिएकोमा वाक्य राखेर खाली ठाउँ भर्न लगाइएको छ ।
‘प्रश्नपत्रमा ट्रयु र फल्स छुट्याउने भनिएको छ । प्रश्न सबै खाली ठाउँ भर्नेछ । यसले हामी अन्योलमा पर्यौं’ प्रधानाध्यापक गुरुङले भने, ‘यो त परीक्षा नियन्त्रण कार्यालयको गल्ती हो ।’ उपजिसिअ भट्टराईले प्रश्नभार कम नम्बरको भए पनि यसमा विद्यार्थी अन्योलमा परिहालेमा यसले पास र फेल गराउन सक्ने बताए ।
उनले शिक्षा अधिकारी गोपालप्रसाद कँडेललाई खबर गरी त्रुटिबारे बताएको र त्यसपछि परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरेर त्रुटि सच्याएको बताए ।
‘प्रश्नपत्रमा गल्ती हुनसक्छन् । स्पेलिङ मिस्टेक वा कुनै शब्द छुटिनु त ठीकै छ । एउटा प्रश्न सोधिएको छ, अर्को गर्न लगाइएको छ, यो परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो नि !’ उनले पछि सबैबाट प्रश्नपत्रमा त्रुटि रहेको गुनासो आएपछि परीक्षा नियन्त्रण कार्यालयमा सोधेर यसलाई सच्याइएको उनले बताए ।