हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

खस आर्यको आरक्षण खारेज गर-युरोपेली युनियन , सरकारको बिरोध किन ?

काठमाडौं । युरोपियन युनियनले नेपालको आन्तरिक मामिलामा दख्खल दिएको तेस्रो श्रृंखलापछि नेपाल सरकारले कडा शब्दमा आपत्ति जनाएको छ ।


निर्वाचन परीवेक्षणका लागि आएको युरोपियन युयिनको टोलीले खस आर्यको आरक्षण खारेज गर्न सुझाएपछि परराष्ट्र मन्त्रालयको कडा विज्ञप्ति आएको हो ।

युरोपियन युनियनलाई खबरदारी गर्दै नेपालले जारी गरेको बुधवारको विज्ञप्तिलाई अहिलेसम्मकै कडा भनेर कूटनीतिक क्षेत्रका जानकारले टिप्प्णी गरेका छन् । नेपालको संविधान, सार्वभौमसत्ता, निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठाउने अधिकार युनियनलाई नभएको चेतावनी नेपाल सरकारले दिएको छ ।

निर्वाचनका क्रममा केही दलले खासआर्यलाई आरक्षण दिएकोमा विरोध गरेका थिए । तर, नेपालको आन्तरिक मामिला हो । यो आरक्षण खारेज नै गर्नु पर्ने हो भने नेपालका राजनीतिक दल, स्केटहोल्टरहरुले आपसी सहमतिमा गर्ने विषय हो ।

निर्वाचन निश्पक्ष भए नभएको अनुगमन गर्छु भनेर अनुमति लिएर आएको इर्यूको टोलीले निर्देशनात्मक भाषामा यो खारेज गर, यो थप भन्नु कदापी उचित र स्वीकार्य हुन्न ।

संविधानले गरेको व्यवस्था बमोजिम निर्वाचन कानुनले जनसंख्याका आधारमा जातिगत आरक्षणको व्यवस्था गरेको छ । त्यो आरक्षण समानुपातिकतर्फबाट निर्वाचित हुनेहरुका लागि हो । कुनै पनि जाति समुदायले जनसंख्याको अनुपातभन्दा कम प्रतिनिधित्व हुने अवस्था नआओस् भनेर गरिएको व्यवस्थाप्रति युरोपियन युनियनले प्रश्न उठाएपछि सरकार गम्भिर भएको हो ।

निर्वाचन पर्यवेक्षणका लागि नेपाल सरकारसँग गरेको समझदारी (एमओयू) र निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित इयूको प्रतिवेदन सार्वजनिक भएपछि यो विषयलाई नेपाल सरकारले इयू हेडक्वार्टरसम्म पुर्‍याउने भएको छ ।

भविष्यमा निर्वाचन पर्यवेक्षणका लागि युरोपियन युनियनलाई कालो सूचीमा राख्नेसम्मको अधिकार नेपाललाई छ ।

निर्वाचन आयोगका एक पदाधिकारीले भने, ‘परराष्ट्र मन्त्रालयमार्फत एमओयु गरेर इयू निर्वाचन आयोगसम्म आइपुगेको हो । सम्झौता, निर्वाचन आचारसंहिता तथा संविधान विपरित जुन रिपोर्ट सार्वजनिक गरेको छ, त्यसलाई हामी स्वीकार गर्दैनौं । भविश्यमा निर्वाचन पर्यवेक्षण अश्वीकृत गर्न सक्छ ।’

राजदूतलाई बोलाउनुभन्दा विज्ञप्ति अर्थपूर्ण

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली – सरकारले विज्ञप्तिमात्रै निकालेर आफ्नो असहमति दर्ज गर्छ कि ‘प्रोटेस्ट नोट’ पनि पठाउँछ ? यो प्रश्न पनि अहिले सर्वसाधारणले सामाजिक सञ्जालबाट उठाएका छन् ।
यहि प्रश्नमाथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफ्नो टिममा छलफल गरेरै इयूको राजदूतलाई बोलाएर प्रोटेस्ट नोट पठाउनुभन्दा विज्ञप्ति जारी गर्नु माथिल्लो तहको प्रोटेस्ट हुने भएकाले विज्ञप्ति जारी गरिएको स्रोतले जनाएको छ ।


परराष्ट्र मन्त्रालयका पूर्वसचिव मधुरमण आचार्यले पनि सरकारको विज्ञप्ति निकै कडा रुपमा आएको र यो भन्दा ठूलो प्रोटेस्ट अरु नहुने बताए । उनले भने, ‘जनतालाई चित्त बुझाउनका लागि राजदूतलाई पनि बोलाएर आपत्ति जनाउन सकिन्छ । तर, यो डेलिगेशन इयू हेडक्वार्टरबाट आएको हुनाले राजदूतलाई बोलाउनुभन्दा विज्ञप्ति माथिल्लो तहको हो । सरकारको प्रोटेस्ट नोटकै रुपमा यसलाई लिन सकिन्छ ।’

को हुन् जेलियन जोभ्को ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न तीन महिनासम्म बसेको टोलीको नेतृत्व जेलियना जोभ्कोले गरेकी थिइन् । जोभ्को आफैं युरोयिन युनियनको सांसद हुन् ।


अन्तर्राष्ट्रिय समिति सदस्य समेत रहेकी उनले हरेक रिपोर्ट इयू हेडक्वार्टर ब्रसेल्समा गर्छिन् । बोस्निया हर्जगोभिनाकी उनी क्रिश्चियन डेमोक्रेटिक पार्टीकी सांसद सदस्य हुन् ।

उच्चस्तरीय टोली भएकाले राजदूतहरुसँग सामान्य समन्वय बाहेक सबै हेडक्वार्टरसँगै सम्बन्धित भएर गर्छन् । त्यसैले पनि इयुका राजदूतलाई बोलाएर परराष्ट्रमन्त्रीले कुरा गर्नुभन्दा विज्ञप्तिनै पर्याप्त रहेको आचार्यले बताए ।

आफ्नो मुलुकको आन्तरिक विषयमा दखल पुर्‍याउने राष्ट्रप्रति विरोध जनाउन सम्बन्धित देशमा रहेको आफ्नो राजदूतावासमार्फत प्रोटेस्ट नोट पठाउने वा राजदूतलाई परराष्ट्र मन्त्रालयका अधिकारीलाई भेटेर विरोध दर्ज गर्न लगाउने चलन छ ।

सरकारको यो विज्ञप्तिपछि अब परराष्ट्र मनत्रालयले ब्रसेल्सस्थित नेपाली राजदूतमार्फत प्रोटेस्ट नोट पठाउन सक्नेछ ।

यहि विज्ञिप्तिसहित नेपाली राजदूतले इयुको ध्यानाकर्षण गराउन सक्ने कूटनीतिज्ञहरुले बताएका छन् ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले नेपालको आन्तरिक मामिलामाथि कुनै अन्तर्राष्ट्रिय मित्रहरुले टिप्पणी गर्दा संवेदनशील भइदिउन् भन्ने चाहेको  बताए । उनले भने, ‘नेपालको सामजिक सद्भाव, राष्ट्रिय एकता, संवैधानिक सर्वोच्चता जस्ता विषय ‘नन-नगोसिएवल’ हुन् । हाम्रा अन्तर्राष्ट्रिय मित्रहरुबाट नेपालको यो संवेदनशीलता र आन्तरिक विषयहरुमा हामीले स्वनिर्णय गर्ने कुराको सम्मान गरिदिउन् भन्ने चाहान्छौं ।’

सीके राउतको समर्थन, संविधानको विरोध !

युरोपियन युनियनले नेपालको आन्तरिक मामिला र जातीय तथा भाषिक सद्भावमाथि प्रश्न उठाएको यो पहिलो घटना भने होइन । उसले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता विरोधी पृथकतावादीलाई पक्षपोषण गरेको आरोप खेपिसकेको छ ।

नेपालको अविभाज्य भूभाग तराई मधेसलाई अलग देश बनाउनुपर्छ भन्ने सीके राउतलाई भेट्ने, उनको पक्षमा विज्ञप्ति निकाल्नेसम्म काम ईयूबाट यसअघि भएको छ । केही वर्षअघिसम्म नेपालमा आदिवासी जनजातिसँग काम गर्ने संस्थालाई अनुदान दिने गरेको युनियनले पछिल्लो समय मधेसमा लगानी केन्दि्रत गरेको छ ।

युरोपियन युनियनले नेपाल हिन्दू राज्य भनिएकोमा शुरुदेखि नै आपत्ति जनाउदै आएको थियो । नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गर्ने कार्यमा पनि उसको भूमिका रहेको आरोप लाग्दै आएको छ । युरोपियन युनियन आबद्ध संस्था र व्यक्तिहरुको सन्देहास्पद लगानी अमूक धर्मको पक्ष र विपक्षमा भइरहेको छ ।

नेपालको जननिर्वाचित संविधानसभाले लगभग सर्वसम्मत रुपमा (१० प्रतिशत सभासदको बहिस्कार) जारी गरेको संविधानलाई चुनौति दिन भारतीय प्रधानमन्त्रीलाई युरोपियन युनियनले ब्रसेल्समा रातो कार्पेट बिछ्याएको धेरै भएको छैन । नेपालको संविधान समावेशी नभएको भन्ने आशयको विज्ञप्तिमा हस्ताक्षर गरेपछि नेपाल सरकारले कडा विरोध गरेको थियो । अनलाइनखबर बाट

२०७४ चैत ८ गते प्रकाशित






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution