हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल भ्रमणमा आएकी कोरियाली युवतीले भनिन् ‘पदयात्रामा एक्लै जाँदै नजानू’

म अहिले २६ वर्षकी भएँ । म कोरियामा कर र कानुनी क्षेत्रमा काम गर्छु । मलाई घुमघाम निकै नै मन पर्छ । म अहिले पनि जागिरमै छु । तर, बिदा लिएर घुम्न आएकी छु । म पोहोर पनि नेपाल आएकी थिएँ । तर, पोहोर समय अभावले गर्दा पदयात्रामा गएकी थिइनँ । पछिल्लो केही समय म भारतमा बसेर हिन्दी भाषा पनि सिकेकी छु । त्यसले मलाई नेपाली भाषा केही बुभ्mन सघाएको छ ।


दोस्रो नेपाल भ्रमणको क्रममा म यो पटक अन्नपूर्ण आधार शिविरसम्म पुग्ने योजना बनाएँ । अनि, पोखराबाट झोला बोकेर एक्लै उकालो लागें । म गाइड र पोर्टरबिना पदयात्रामै निस्केकी थिएँ । मलाई पदयात्रामा जाँदा गाइड र पोर्टर चाहिन्छ भन्ने थाहा थिएन, कसैले चाहिन्छ भनेर भनेको पनि थिएन, लैजानु अनिवार्य छ भनेर समेत कसैले भनिदिएन । त्यसैले झोला बोकेर एक्लै माथि लागेकी थिएँ ।

पदयात्राको क्रममा बाटोमा एकजना कोरियाली साथी भेटिए । उमेरको हिसाबले उनी मभन्दा कान्छा थिए । अनि मैले उनलाई भाइ भनेर बोलाउँथे । ती भाइ पोर्टर लिएर पदयात्रामा गएका थिए । हामी एकै मुलुकका भएकाले साथी बनेर सँगसँगै पदयात्रा गर्ने भन्यौं र हिँड्दै थियौं । कोरियाली भएकाले नजिकको साथी ठानेर म उनीसँगै पदयात्रा गरें ।
यात्राको क्रममा हामीले बीचमा सानो बच्चासहित आएका कोलम्बियाका पदयात्री परिवार पनि भेट्यौं । तर, उनीहरूले ‘तिमीहरूलाई चाँडो फर्किनु पर्ने भए अछि छिटो हिँड्न सक्छौ’ भनेर सुझाएका थिए । त्यसैले गर्दा हामीले उनीहरूलाई बाटोमा छाडेर अघि बढ्यौं । आधार शिविर घुमेर हामी निकै नै खुसीका साथ फर्केका थियौं । आधार शिविरको घुमाइले म निकै नै हौसिएकी थिएँ । आधार शिविर घुम्न निकै नै रोमाञ्चक रहेछ । हामी आधार शिविर घुमेर फर्केर आउँदै गरेपछि मेरो कोरियन साथी मर्दी हिमाल जाने भनेर अर्कै बाटो लाग्ने भयो । ऊ र म छोमरोङबाट फरक मार्ग समाउने पक्का भयो । मलाई पनि मर्दी हिमाल जाने रहर त थियो, तर, खुट्टामा चोट लागेकाले हिँड्न नसक्ने भनेर सिधै पोखरा आउने योजना सहित छोमरोङबाट घान्द्रुकतिर लागें । मेरो कोरियन साथी छोमरोङबाट ओर्लेर लान्द्रुक हुँदै मर्दी हिमाल जाँदै थियो । छोमरोङबाट म एक्लै घान्द्रुकका लागि हिँडेकी थिएँ ।

गत शुक्रबारको कुरा हो, बिहान नास्ता खाएर एक्लै घान्द्रुक आउँदै थिएँ । छोमरोङबाट घान्द्रुक आउने दुईवटा बाटो रहेछन् । तर, म माथिल्लो बाटो लागेकी थिएँ । तल्लो बाटोको बारेमा मलाई उत्तिसारो जानकारी थिएन । छोमरोङबाट किमरुङ खोला तरेपछि घान्द्रुक आउन सकिन्छ । यो पुरानो पदमार्ग रहेछ । एकपटक चल्तीको बाटो भए पनि अहिले मान्छे कम हिँड्ने रहेछन् । म झोला बोकेर एक्लै हिँडिरहेकी थिएँ । पैदल हिँड्दा हिँड्दै बीचमा कतै आएपछि मैले बाटो बिराएछु । त्यो बेला म साँच्चै मुर्ख भएछु । बाटो बिराएको मलाई निकै ढिला गरी मात्र थाहा भयो, जब मैले हिँड्ने बाटो नै पाइनँ । बाटो बिराएर धेरै नै अघि बढेछु, जहाँबाट अघि बढ्ने बाटो नै थिएन । धेरैबेर हिँडेपछि म घाँसैघाँस भएको ठाउँमा पुगेछु । जहाँ मान्छे हिँडेको कुनै संकेत पनि थिएन । पहिला जंगलमा मान्छे हिँडेको पाइलाको छाप थियो, तर, पछि त्यही संकेत पनि भेटिएन । कतै पनि जाने बाटो नदेखेपछि मैले बिहान छुटेको गाइड (अर्काे कोरियालीसँगै गएको) लाई फोन गरें । उसले मलाई ‘तिमी गलत बाटो गयौ, जुन बाटो आयौ, त्यही बाटो फर्किनू’ भन्यो । तर, मैले आएको बाटो नै पत्तो पाइनँ ।
म पुगेको अन्तिम बिन्दुबाट माथि र तल जाने कतै पनि बाटो नदेखेपछि म आत्तिन थालें । माथि उकालो लाग्दा झनै हराउने देखेर भिरैभिर घाँस समातेर तलतिर ओरालो लागें । तल झर्दा खोलामा पुगिन्छ र त्यहाँ कतै मान्छे भेटिन सक्छन् भन्ने मेरो बुझाइ थियो । तर, मैले गलत गरेछु । तल, ओरालो लाग्दा कोही भेटिनँ । म मान्छेको खोजीमा घाँस र बुट्यान समाएर लड्दै ओरालो लागें । घाँस चिप्लेर ठाउँठाउँमा लड्न पनि पुगें । अनि मलाई हातखुट्टामा चोट पनि लाग्यो । कतै बाटो पहिल्याउन नसकेपछि म हराएको पक्का भयो । खोलामा झरे पनि आफूले सोचेजस्तो कोही मान्छे भेटाउन नसकेपछि म झनै आत्तिएँ । समय बित्दै गयो, म एक्लै थिएँ, कतै पनि मान्छेको जानकारी थिएन । के र कसो गरौं भन्ने मात्र भइरहेको थियो ।

आफू हराएको पक्का भएपछि अब बाँचिन्छ भन्ने नै आस हराउन थालिसकेको थियो । के र कसो गरौं भन्ने लागिरहँदा खोला तरेर पारिपट्टि जाने निधो गरें । तर, खोलामा साना ढुंगा निकै नै चिप्ला थिए । बारम्बार ती ढुंगामा लड्न पुगें । केही गरी पानीमा लडिहाले पनि मोबाइल जोगाउनुपर्छ भनेर प्लास्टिकमा पोको पारेर सानो हाते झोलामा बोकें । अनि ठूलो झोला ढुंगाको छेउमा राखें । जसोतसो म अप्ठेरोबाट मुक्त हुनु थियो । मलाई झोलाभन्दा पनि ज्यानको माया थियो । अनि पानीमा भिज्दै खोला तरें । पानीले मेरो कपडा पनि भिज्यो, तर, खोला तरेपछि पनि मैले बाटो भेटाइनँ ।

मोबाइल भने सम्पर्क गर्नका लागि जोगाउनतिर लागे । म केही गरी मरिहालें भने पनि झोला भेटेर पत्ता लगाऊन् भन्ने मेरो मनले त्यो बेला गलत सोचिसकेको थियो । हराएको पक्का भए पनि अब हेलिकप्टर बोलाउनुपर्छ भन्ने लाग्यो । तर, खोलाको खोंचमा फोन नेटवर्क नै आएन । केही पर पुगेपछि आफूसँग रहेको नक्सा निकालेर फोन गरें । नक्सामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रश्मी आचार्यसँग सम्पर्क भयो । त्यो बेलासम्म मेरो मोबाइलमा ५ रुपैयाँ मात्र ब्यालेन्स थियो । मैले रश्मीलाई मेरो मोबाइलमा पैसा सकियो, मलाई त्यहींबाट फोन गर, म अप्ठेरोमा परेकी छु, मलाई उद्धार गर्न जरुरी छ भनेपछि उनले नै फोन गरिन् । अनि अप्ठेरोमा परेको थाहा पाएपछि २ सय रुपैयाँ रिचार्ज पनि गरिदिइन् । त्यसले मलाई अलिकति राहत दियो । यति हुँदासम्म पनि कतै मान्छेको सम्पर्क हुने देखिनँ । हेलिकप्टर पनि आउने सम्भावना छैन भनेर रश्मीले मलाई भनिन् । मैले १०–१० मिनेटमा फोन गर्नु, नत्र म आत्तिएर मर्छु जस्तो लाग्छ भनेपछि उनले मलाई फोन गरिरहिन् । उनको फोनले मलाई केही राहत दिन्थ्यो । उनले मेरा लागि मात्र त्यो दिन करिब ४ घन्टा समय दिइन्, त्यो अवधिमा बारम्बार फोन गरेर नआत्तिन भनिरहेकी थिइन् ।

म हराएको बारे रश्मीले त्यस क्षेत्रका व्यवसायीलाई पनि भनिसकेकी रहिछन् । उनीहरू मेरो खोजीमा आउने थाहा पाएँ । त्यत्तिबेलासम्म रात पर्न थालेको थियो । जंगल र खोला, अनि सुनसान वातावरणले मन आत्तिदैं थियो । मलाई खोज्न हिँडेकाहरूले फोन गरिरहन्थे, तर मैले म कहाँ छु भनेर भन्न सक्दिनथें । अँध्यारो हुँदै गयो, बिहान खाएको नास्ताबाहेक मेरो पेटमा केही परेको थिएन । पदयात्राको अन्तिम दिन भनेर मैले झोलामा केही खानेकुरा पनि राखेको थिएन । सानो बोटलमा अलिकति पानी मात्र थियो । मेरो घाँटी निकै नै दुखेको थियो । फोन लागेका कारण म उनीहरूको सम्पर्कमा पुग्न सकेको थिएँ । मोबाइलमा ब्याट्री सकिने डर थियो, तर, ‘पावरब्यांक’ चार्ज रहेछ, त्यसले गर्दा ब्याट्रीको समस्या भएन । नेटवर्क लाग्ने र नलाग्ने गर्दा मन आत्तिन्थ्यो ।

रात पर्दै गयो, अँध्यारो बढ्दै गयो । करिब ८ बजेतिर मेरो खोजीमा आएका दुईजना युवाले बालेको बत्तीको उज्यालो देखियो । उनीहरू मलाई बोलाउँथे, म बोल्थें तर कहाँ छु भनेर भन्न सक्दिनथें । हिँड्दा रुखले लाइट छेकिँदा मन आत्तिन्थ्यो । बेलुकी ८ बजेतिर उनीहरू बल्ल म भएको ठाउँमा आइपुगे । मलाई खोजी गरेर उद्धार गर्ने, मोबाइलमा पैसा सकिँदा पनि २ सय रुपैयाँ पठाएर सहयोग गर्ने सबैप्रति म आभारी छु । मैले त यो नै मेरो अन्तिम दिन भन्ने ठानेकी थिएँ, तर कतै केही भएन । जंगलमा जंगली जनाबरको त्रास पनि थियो । तर पनि म सुरक्षित रहें ।

जब अब म बाँच्छु भन्ने लाग्यो मेरो आँखामा आँसु आयो । उनीहरूसँग अरु ४ जना पनि मेरो खोजीमा हिँडेका रहेछन् । ती दुईजनाले खोजीमा हिँडेका अरु साथीहरूलाई पनि मसँग भेट भएको जानकारी दिए । म युवाहरूको साथमा पुगेपछि बल्ल राहत महसुस गरें । अनि केहीबेर आगो बालेर बस्यौं । अरु साथीहरू आएपछि झनै ठूलो आगो बाल्यौं । सुरुमा भेट भएका युवाहरूले मलाई अप्ठेरो ठाउँबाट सजिलो ठाउँमा पु¥याए । सजिलो ठाउँमा पुग्न पनि निकै नै कठिन थियो, उनीहरूले निकै नै मुस्किलले मलाई लगेका थिए । उनीहरूले केही खानेकुरा पनि ल्याइदिएका रहेछन् । त्यो खाएपछि भोक पनि म¥यो, अनि बाँचिन्छ भन्ने लाग्यो ।

केहीबेर आगो बालेर सबैजना भेट भएपछि हामी होटलमा पुग्यौं । राति ११ बजे बल्ल होटलमा पुगेर अनुहार हेर्दा मेरो अनुहारभरि बालुवा पोतिएको थियो । पछि नुहाएर त्यो रात सुतें । भोलिपल्ट बल्ल घान्द्रुकका लागि हिँडे । मैले खतरामा परेको बारे परिवारलाई पनि खबर गरिनँ । किनभने मेरो कारण परिवार चिन्तित हुने थियो । त्यही भएर मैले पोखरा फर्केपछि मात्र आमालाई मेरो कुरा सुनाएँ । उहाँ निकै नै आत्तिनुभयो । तर, म खतरामुक्त थिएँ ।

यो यात्राले मलाई सबैभन्दा महŒवपूर्ण कुरा पदयात्रामा एक्लै जानु हुने रहेनछ भन्ने सिकाएको छ । सकेसम्म गाइड वा पोर्टर नभए अर्काे एकजना साथी अवश्य चाहिने रहेछ । एक्लै हिँड्नु जोखिम रहेछ भन्ने मैले अनुभव गरेकी छु । म अब केही दिन अझै पोखरा बस्छु र अन्नपूर्ण फेरोको पदयात्रामा जान्छु । पदयात्रा क्रममा भेटिने संकेत बोर्डलाई ध्यान दिनुपर्ने रहेछ । म मुर्ख रहेछु र मैले बाटो बिराएकी रहेछु । नत्र मैले त्यो अवस्था खेप्नुपर्ने थिएन । म अहिले पुनर्जन्म पाएको अनुभव गरेकी छु । मेरो जीवनमा नौलो अनुभूति भएको छ । म जंगलको झाडीमा करिब ८ घण्टा एक्लै हराएँ । मैले पुनर्जन्म पाएको अनुभव गरेकी छु । धन्यवाद जसले मलाई बचाए, र बचाउन पहल गरे । मेरो अनुभव अरु पदयात्रीका लागि पनि सचेतनाका रुपमा हुनेछ ।  नागरिक दैनिकबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution