हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

किन पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ्गसँग छुट्टै भेटे ?

तीन टुक्रामा विभाजित राप्रपाका विभिन्न घटकका नौ जना नेताहरुसँग भेटेका पूर्व राजा ज्ञानेन्द्र शाहले दोहोर्‍याएर राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ्गसँग छुट्टै तथा एक्लाएक्लै भेट गरेको स्रोतहरुले बताएका छन् |


तीन टुक्रामा विभाजित राप्रपाका विभिन्न घटकका नौ जना नेताहरुसँग भेटेका पूर्व राजा ज्ञानेन्द्र शाहले दोहोर्‍याएर राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ्गसँग छुट्टै तथा एक्लाएक्लै भेट गरेको स्रोतहरुले बताएका छन्। विभिन्न घटकका नेताहरुसँग ४ चैत्रमा ३ घण्टा बिताएपछि पूर्व राजा शाहले आफूसँग थप आधा घण्टा कुराकानी गरेको जानकारी उपाध्यक्ष तामाङले पार्टी अध्यक्ष कमल थापालाई गराएका छन्।

झापाको दमकस्थित हिमालयन टि स्टेट गार्डेनमा तीन घण्टा लामो कुराकानीपछि पूर्वराजा शाहले आफूसँग भेट गर्न आएका राप्रपाका तीनै घटकका नेताहरुलाई धन्यवाद दिँदै विदा गरेका थिए। तर, तामाङलाई भने ‘तिमी नजानू, छुट्टै कुराकानी गर्नुछ’ भन्दै रोके। र, यो दोस्रो भेटमा पूर्वराजा शाहले तामाङलाई तीन टुक्रामा विभाजित राप्रपालाई एकजुट गराउन सक्रिय भूमिका खेल्न सुझाव दिए।

गत साल पशुपति शमशेर नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गराउन पनि तामाङले निर्णायक महत्वपूर्ण भूमिका खेलेका थिए। दुई राप्रपाबीच एकताका लागि गठन गरिएको समितिको अध्यक्ष पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द थिए भने तामाङ सचिवको भूमिकामा थिए। दुबै पक्षका नेताहरुबीच विश्वासको वातावरण बनाउन भने चन्दको भन्दा तामाङको भूमिका महत्वपूर्ण रहेको बताइन्छ।

२०४७ मा राप्रपा स्थापना हुँदा संस्थापक सदस्य तामाङ हाल थापा नेतृत्वको मूल राप्रपामा रहेपनि राप्रपाका अन्य घटकका नेताहरुले समेत उनलाई उत्तिकै विश्वास गर्छन्। यसबाहेक उनलाई पूर्वराजा ज्ञानेन्द्रले समेत उत्तिकै विश्वास गर्ने गरेको स्रोतहरु बताउँछन्। उनीहरुका भनाईमा, गत साल दुई राप्रपालाई एक गराउन पनि निर्मल निवासकै प्रेरणामा तामाङले भूमिका खेलेका थिए।

स्रोतका भनाईमा, राप्रपाको जीत र राजतन्त्र पुनस्थापनाको चाहनाबीच कुनै साइनो नभएको विश्लेषण उतिबेला पूर्वराजा र सक्रिय राजतन्त्रवादीको रहेपनि पूर्वराजालाई पछिल्लो समय राप्रपाको हार खल्लो लाग्न थालेको छ। राप्रपा कमजोर हुँदा आफ्नो भूमिका पनि खुम्चिँदै गएको उनले विश्लेषण गर्न थालेका छन्। त्यही कारण ४ चैत्रमा राप्रपा नेताहरुलाई सामुहिक रुपमा भेटेर उनले एकताको पहल गरेका हुन्।

‘म तिमीहरुको शुभेच्छुक मात्रै हुँ, तिमीहरुको हालत देखेर मलाई पनि दुख लागेको छ’ भन्दै शाहले ४ चैत्रको सामुहिक भेटमा विभाजित राप्रपाबीच एकता नभए उनीहरुले राजनीति गर्नुको औचित्य नभएको बताएका थिए। ‘राप्रपाबीच एकता नहुने हो भने तिमीहरुले शारीरिक परिश्रम र पैसा खर्च गर्नुको के अर्थ?’ उनले भनेका थिए, ‘यस्तो हालत हुने हो भने पार्टी हुनु नहुनुको पनि के अर्थ?’

आफूसँगको छुट्टै भेटमा पार्टी एकताका लागि जोड गरेपछि तामाङले विभाजित राप्रपाका तीनै घटकका नेताहरुलाई पनि भेटेर एकताका लागि दबाब दिन सुझाव दिएका छन्। सामुहिक भेट गरिसकेपछि थप महत्व दिएर दोहोर्‍याएर तामाङसँग गरेको भेट र तामाङले दिएको सुझावका आधारमा पूर्वराजाले राप्रपाका तीनै घटकका अध्यक्षहरुसँग भेट गर्ने सम्भावना रहेको स्रोतको दावी छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution