सुशासन कायम गर्न सबै लाग्नुपर्छः कानूनमन्त्री तामाङ

चौतारा- कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले देश समृद्धि र विकासको चरणमा उभिएकाले सुशासन कायम गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।
उहाँको स्वागत तथा सम्मानमा सिन्धुपाल्चोकको चौतारामा आयोजना गरिएको कार्यक्रममा उहाँले सुशासन र भ्रष्टाचार न्यूनिकरणका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।
मन्त्री तामाङले मुख्यसचिवदेखि शाखा अधिकृतसम्म र प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख गर्दै अदालतको फैसला पीडितको पक्ष र कानून सम्मत भएमा कोही पनि उम्कन नसक्ने बताउनुभयो ।
ठूलालाई उन्मुक्ति दिए तल्लो तहको व्यक्तिको मनोबल बढ्न सक्ने हुँदा कानूनको दायराबाट कोहीपनि कसुरदारले उन्मुक्ति पाउन नहुनेमा उहाँले जोड दिनुभयो ।