हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

धावा ग्याल्जेन लामा जसले बनाए दुर्गम गाउँमा करोडको स्कुल

त्यो दिन उनी पर्यटकलाई मनास्लु घुमाउँदै थिए। हुनुहुनुनु आवाज आयो। अग्ला पहाड हल्लिए। आँखा अगाडिको पहाडबाट धुलो उड्यो। भर्खरै टेकेर आएको डिस्को पहिरोले सुलुलु बग्यो।

निरन्तर आइरहेका भूकम्पका धक्काले उनका गोडा काँपिरहेका थिए। एक मनले सोचे, गोराहरूलाई यहीँ छाडेर भाग्छु। अर्को मनमा लाग्यो–भाग्न हुन्न सुरक्षित तवरले गाउँ पुर्‍याउँछु।

गोरखाको छेकम्पारका ३७ वर्षिय (चुम्बा) धावा ग्याल्जेन लामाका दिमागमा अझै पनि २०७२ वैशाख १२ को भूकम्पको सम्झना ताजै छ।

त्यही भूकम्पकले चुम्चेतको चुम्लिङ गाउँलाई भुइँमा मिसायो। सुन्दर गाउँ क्षणमै बगर बन्यो। छेवैको सिद्धिगणेश प्राथमिक विद्यालय गर्यामगुर्लुम ढल्यो।

विद्यालय भवन भत्किँदै गरेका फोटा धावाले क्यामेरामा कैद गरे।

भूकम्प थामिएपछि अर्को दिन उनले क्यामेरामा भत्किएको स्कुलका तस्वीर हेरे। उनका मनमा कुरा खेले–बास बस्ने झुप्रो गाउँलेले जसोतसो बनाउँलान् तर, विद्यालय कसले बनाउँला? कसैले विद्यालय बनाएन भने यहाँका बालबालिकाको भविष्य कता जाला?

यी प्रश्नको उत्तरउनले आफैंसँग खोजे। स्कुल जानुपर्ने केटाकेटीले खेलेरै दिन बिताएको देखेपछि उनले प्रण गरे– जसरी पनि म भत्किएको स्कुल बनाउँछु।

चुम्लिङबाट राजधानी आएर धावाले राहत सामग्री गाउँ पुर्‍याए।‘तपाईंहरू बास बस्ने घर बनाउनुहोस् स्कूल म बनाउँछु भन्दा गाउँलेहरुले पत्याएनन्, विश्वास गरेनन्’ लामाले भने।गाउँलेले उनलाई विश्वास नगरे पनि उनले आफैंलाई भने धेरै नै विश्वास गरेका थिए।

पेसाले धावा पथपदर्शक (गाइड) हुन्। त्यही पेसाले केही विदेशीसँग उनको सम्बन्ध थियो।विद्यालय बनाउन २०१५ डिसेम्वर २५ देखि उनले पैसा संकलन अभियान सुरु गरे।

‘मनास्लु क्षेत्र घुमेर फर्केका विदेशी मित्रले धावा, तिमीलाई के चाहिन्छ ? हामी सहयोग गछौं भने’ उनी सम्झन्छन्, ‘भूकम्पले घर ढलेको हो। हाम्रो मन, हातगोडा सग्लै छ, केही चाहिँदैन भनिदिएँ। बरू सक्छौ भने हाम्रा नानीबाबु पढ्ने स्कुल बनाउन सहयोग गरिदेऊ।’

ती विदेशीले सकेको सघाउने वचन दिए।

विदेशीसँग थप सम्पर्क बढाउने धावाले फेसबुकलाई माध्यम बनाए। उनले आफ्नो स्कुल बनाउनले सपनाबारे फेसबुकमा लेखे। स्कुलका भग्नावशेष हटाएका तस्बिरहरू पोस्ट गरे।

उनका पोस्ट र तस्बिरहरु देखेपछि केही नेपाली र विदेशी उनलाई सहयोग गर्न तयार भए। फेसबुकबाट उनलाई ३५ लाख सहयोग गर्ने मान्छे/संस्था भेटिए।

गोरखा सदरमुकामबाट ६ दिन हिँडेपछि पुगिने चुम्लिङ गाउँमा अहिले पनि सडक सुविधा छैन। खाद्यान्नदेखि निर्माण सामग्री ढुवानी खच्चडबाट गरिन्छ। एकातिर निर्माण सामग्रीको मूल्य, अर्कातिर चुम्लिङसम्म पु¥याउन लाग्ने भाडाले विद्यालय बनाउन झन्डै करोड रुपैयाँ लाग्ने भयो।

विद्यालय निर्माण छिटो सकेर विद्यार्थीलाई पढाउनु पर्ने भएकोले सिमेन्टलगायत सामग्री उनले हेलिकोप्टरबाट पनि ढुवानी गरे।

विद्यालय र्निर्माण गर्न सुरुमा ८० लाख खर्च हुने स्टमेट थियो। विद्यालयको कोठा पाँचबाट दश वटा बनाउने भएपछि खर्च बढ्यो।

‘गो फन मी’ बाट ३५ लाख तथा विभिन्न संघसंस्था र मित्रबाट अर्थ, जस्तापातालगायत निर्माण सामग्री जुटाउन सहयोग गरेपछि विद्यालय बनाउन थाले।

दुर्गम गाउँमा विद्यालय ठड्याउन एमक्याप, क्यान नेपाल, सिड नेपाल, बिएनबी अमेरिका, तेन्जिङ फर डोल्मा, हेल्प नेपाल फ्रान्सजस्ता संस्थाले सघाए। भवनको नक्सा इञ्जिनियर सोनाम लामाले बनाइदिए।

धावाले साढे २ वर्षपछि विद्यालयको १० कोठे पक्की भवन बनाए।

विद्यालयको माथिल्लो तलामा सामुदायिक सभाहल छ। शिक्षकलाई बस्ने कोठाको व्यवस्था मिलाइएको छ। पुस्तकालय र कम्प्युटर कक्ष छ। यहाँ सरकारीस्तरबाट दुई जना शिक्षक छन् भने क्यान नेपालले एक शिक्षक राखेको छ। तीन कक्षासम्म चलेको विद्यालय पढ्न ४५ जना विद्यार्थी आउँछन्। पोशाक, स्टेशनरी र सरसफाइ सामग्रीको जोहो धावाले नै गरिदिएका छन्।

फागुन २८ गते धुमधामले विद्यालय भवन हस्तान्तरण गरे। गाउँमा विद्यालय बनेपछि खुसीयालीमा गाउँलेहरू रमाए। नाचगान गरे। त्यो दिन गाउँले रमाएका मात्र थिएनन् साढे २ वर्षअघि अविश्वास गर्ने आँखामा धावाप्रति गहिरो कृतज्ञता देखिन्थ्यो।

विद्यालय निर्माणमा ९५ लाख १६ हजार एक सय खर्च भयो। विद्यालय निर्माण अभियानमा ९६ लाख १४ हजार ७६० रुपैयाँ संकलन भएको धावा बताउँछन्।

चुम्लिङ आसपासमा ६० घरधुरी छन्। यहाँबाट तीन कक्षा पार गरेका विद्यार्थीहरु सदरमुकाम, राजधानी वा धार्मिक शिक्षा लिन गुम्वा जाने गर्थे। विद्यालयको नयाँ भवन बनेसँगै पाँच कक्षासम्म सञ्चालन गर्न लागिएको छ। स्थानीय भाषामा पनि पठनपाठन गराउने तयारी थालिएको छ।

‘गाउँलेलाई छोराछोरी विद्यालयमा पढ्न पठाउनुहोस् भनेका छौं, अधिकांश बालबच्चा विद्यालय शिक्षाबाटै बञ्चित छन्, अभिभावकमा चेतना बढाउनुपर्नेछ। सुरुमा स्कूल बनाउने कुरा हावा हो भनेर उडाउनेहरु पनि स्कूल बनेपछि खुसी छन् यसमा मलाई ठूलो सन्तुष्टि मिलेको छ,’ धावाले भने, ‘मनमा बुद्धत्व (सत्य) छ भने आँटेको काम पूरा हुन्छ। म बुद्धिजममा जन्मे, हिन्दुजममा पढेँ र टुरिजममा काम गर्दैछु।’ सेतोपाटीबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution