रेशम चौधरीलाई छानविन नहुँदासम्म अपराधी भन्न मिल्दैन -कानूनमन्त्री तामाङ

कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई शपथ खुवाउने निर्णय भइनसकेको बताएका छन् । चौधरीलाई जेलभित्रै शपथ खुवाउने तयारी भएको समाचार आइरहेका बेला मन्त्री तामाङले यस्तो बताएका हुन् |
कानूनमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले भने, ‘यस विषयमा औपचारिक निर्णय भएको छैन, छानविन नहुँदासम्म अपराधी भन्न मिल्दैन, यदि छानविनमा दोषी पाइए कानूनभन्दा माथि कोही पनि हुँदैन ।’
जनताले चुनेको प्रतिनिधि भएकाले शपथका विषयमा सरकारले एकपटक सोच्ने उनको भनाइ छ ।