नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

याम्बु – नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा आउँदो चैत २३ र २४ गते ललितपुर जिल्ला स्थित कोन्ज्योसोम गाउपालिकाको तामाङ वस्ती चौघरेमा दुई दिन सम्म हुने भएको छ |
घेदुङका प्रदेश, केन्द्रीय सदस्य, जिल्ला, बिभाग, भात्री संगठन र प्रवास संगठनबाट प्रतिनिधि पठाउनको लागि केन्द्रिय घेदुङले अनुरोध गर्दछु ।
बिधान-सभामा सहभागिता जनाउनु हुने प्रतिनिधिको नाम र सम्पर्क नम्बर २०७४ चैत १७ गतेको सचिवालय बैठक अघि केन्द्रमा उपलब्ध हुने पर्ने घेदुङले बताएको छ |