हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल आइडल सिजन–२ सुरु हुँदै,निर्णायक पुरानै, प्रस्तोता फेरिए,फाइनल नेपालमा हुने

चैत ५ । ‘नेपाल आइडल सिजन–२’ भोली ९मंगलबार०बाट सुरु हुँदै । भैरहवामा अडिसन सुरु गर्दै नेपाल आइडलको सिजन–२ सुरु हुन लागेको हो ।


भैरहवाको जेसिस किन्डर गार्डेन हाइस्कुलमा मंगलबार अडिसन लिने नेपाल आइडल युनिटले चैत ११ गते धनगढीमा अडिसन लिनेछ ।

धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा अडिसन लिने बताएको छ । वैशाख ३ गते हेटौंडाको सिद्धार्थ सेकेन्डरी स्कुलमा अडिसन लिने नेपाल आइडल युनिट वैशाख ८ गते धरानको विष्णु मेमोरियल हाइयर सेकेन्डरी स्कुल पुगेर सहभागी प्रतिस्पर्धीको आवाज सुन्नेछ । वैशाख १४ गते पोखराका संगीतप्रेमीले श्री जनप्रिय सेकेन्डरी स्कुल पुगेर अडिसन दिन सक्नेछन् । काठमाडौं अडिसनको मिति भने तोकिएको छैन ।

अडिसन राउन्डमा चित्तबुझ्दो स्वर भएका सहभागीलाई निर्णायकले काठमाडौं बोलाउने छन् । काठमाडौंमा विभिन्न राउन्ड हुँदै नेपाल आइडल युनिटले सिजन–२ को आइडल छान्नेछ ।

सिजन–२ मा पनि पुरानै निर्णायक दोहोरिने नेपाल आइडलका प्रवन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले बताए ।  गतवर्ष न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।

कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा र सुशील नेपालमध्ये एक जनालाई परिवर्तन गरिएको छ । नायिका रिमा विश्वकर्मा यथावत् रहेपनि सुशील नेपाल भने सिजन–२ मा देखिने छैनन् । नेपाललाई आसिफ शाहले रिप्लेस गरेका छन् । आसिफ यही वर्ष प्रदर्शनमा आएको चलचित्र ‘२–रुपैयाँ’ का नायक हुन् । आसिफ म्युजिक भिडियो निर्देशकसँगै गायक र टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् ।

हजारौं प्रतिस्पर्धीबाट सिजन–१ को नेपाल आइडल साढे ४  करोड भोट पाएर पोखराका बुद्ध लामा बन्न सफल भएका थिए ।

आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल लामाले जितेका थिए ।
फष्ट रनरअप मोरङका निशान भट्टराई हुँदा सेकेन्ड रनरअपमा ललितपुरका प्रताप दासले बाजी मारेका थिए ।

उपाधिसँगै लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका थिए । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट दिने नेपाल आइडलले जनाएको थियो । यद्यपि लामाले केही दिन अगाडि आफूलाई नेपाल आइडलले गाडी नदिएको भन्दै सञ्चारमाध्यमसँग गुनासो गरेका थिए ।

यता यसबारेमा प्रवन्ध निर्देशक पौडेलले गाडी अहिले पनि बुद्धसँगै पोखरामा रहेको बताए अअस्ति भर्खरै मात्र पनि बुद्धसँग मेरा कल भएको थियो । सम्झौता अनुसार उसले गाडीको कर तिर्नुपर्छ । अरु हामीले घोषणा गरेको नगद तथा एल्बमको कन्ट्रयाक साइन अनुसार दिएका छौं,” पौडेलले भने, “बुझाईमा कमजोरी भएको हो । तीन दिनपछि बुद्ध यहीँ आउने कुरा छ । त्यसपछि सबै कुरा मिल्छ ।”

निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका थिए । फाइनल कतारको राजधानी दोहामा भएको थियो । यो वर्ष भने फाइनल नेपालमा हुनेछ ।

यो वर्षको नेपाल आइडलले भने गाडी पुरस्कार नपाउने भएका छन् । प्रवन्ध निर्देशक पौडेलले भने, “गाडी दिँदा समस्या भयो । यो वर्षबाट हामी गाडिको सट्टा पैसा नै दिने छौं । ५० हजार नगद, एल्बमका र वल्र्ड टुर गरिदिने छौं ।”

गत वर्षझैं यो वर्ष पनि एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिने नेपाल आइडलले जनाएको छ । शो एपीवान टेलिभिजनले प्रशारण गर्नेछ । कार्यक्रम झण्डै ६ महिना सञ्चालन हुनेछ । नेपाल आइडल नेपालमा सञ्चालन भएको अहिलेसम्मकै ठूलो सांगीतिक रियालिटी शो हो ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution