हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

ट्राफिक प्रहरीको निशानामा किन पर्यो बुलेट र स्पोर्ट्स बाइक ? ११० बढी समातिए

चैत ५ , काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अस्वभाविक आवाज निकालेर कुदुने बाइकहरु नियन्त्रणमा लिने क्रम तीव्र बनाएको छ । पछिल्लो एक सातामा ११० भन्दा धेरै ठूला आवाजमा कुदिरहेका बााइकलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

यस्ता मोटरसाइककले अत्याधिक ध्वनी प्रदुषण गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार ‘मोडिफाइ’ गरेर ठूलो आवाज आउने बनाइएका बाइकलाई नियन्त्रणमा लिन थालिएको हो ।

‘रोयल इन्फिल्ड (बुलेट)को ९० प्रतिशत बढी बाइकको फिल्टर निकालेको भेटियो,’ रञ्जितकारले भने,’ बुलेट बाइक चढ्ने भनेकै ठूलो आवाजमा बाइक कुदाउने हो भन्नेजस्तो भयो । त्यसैले नियन्त्रण अभियान थालेका हौं ।’

महाशाखाका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनी ध्वनी प्रदुषण गरे अनियनित्र रुपमा कुद्ने बाइकलाई समात्न सुरु गरिएको बताउँछन् ।

हाम्रो कानले ६० डेसिबल भन्दा बढीको आवाज सुन्ने क्षमता राख्दैन । शहरमा ठूला आवाजका बाइक हाँक्दा गुनासो धेरै आयो,’मरासिनीले भने,’अब बाइकमा हेरफेर गरेर चलाइएका बााइक चल्न दिईनेछैन ।’
ट्राफिक प्रहरीले त्यस्ता बाइक नियन्त्रणमा लिएर सामान्य अवस्थमा रुपान्तर गराउन थालेको छ । साथै बाइकधनीलाई ५ हजार रुपैयाँ जरिवाना पनि तिराइरहेको छ ।

मोडिफाइडमात्रै हैन, कम्पनी मेड नै ‘एबनर्मल’ ठूलो आवाज दिने बाइकलाई पनि नछाड्ने उनले बताए ।

‘रंगशालमा कुदाउने स्र्पोट्स बाइक सडकमा कुदाएर हुँदैन । जुन बाइक जे प्रयोजनका लागि बनेको हो, त्यसैमा प्रयोग हुन्छ । कम्पनी मेड भनेर जत्रो पनि आवाज निकाल्ने बाइक सडकमा आउन पाउँदैनन्,’मरासिनीले भने,’अस्वभाविक आवाज निनकालेर कुद्ने सबै बाइक कारवाहीमा पर्छन् ।’

यस्ता बाइकले रोगी तथा मुटुका बिरामीहरुको ज्यान नै जोखिममा पनि पारेको निश्कर्ष ट्राफिक प्रहरीको छ ।

पछिल्लो समयमा मोटरसाइकललाई मोडिफाइ गरेर ठूलो आवाज आउने बनाउने प्रचलन बढेको छ । ठूलो आवाज आउने बाइकलाई ‘सानदार’ मान्ने सोचका कारण यस्तो अवस्था आएको हो ।

पछिल्लो समय बुलेट र स्र्पोट्स बाइकमा युवाको बढी अाकर्षण ज्यादा छ । यसैकाकारण सडकमा यस्ता बाइकको संख्या लगातार बढिरहेको छ ।

कम्पनीबाट नै ठूलो आवाज दिएर चल्ने बाइकहरु बनेर आइरहेका छन् । जसलाई नयाँ पुस्ताले अत्यधिक रुचाएको छ ।

तर, ध्वनी प्रदुषण बढेको भन्दै उपत्यकामा यस्तो आवाज निकाल्ने बाइकमाथि ट्राफिकले कारवाही सुरु गरेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution