गौतमबुद्ध विमानस्थलमा यतिको जहाज दुर्घटनाबाट जोगियो

भैरहवाको गौतमबुद्ध विमानस्थलमा यति एयरलाइन्सको विमान ठुलो दुर्घटना हुनबाट जोगिएको छ।
काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला अगाडिको चक्का जाम हुँदा एक्कासी रोकीएर दुर्घटनाबाट बचेको हो।
विमानमा रहेका सबै यात्रु र चालकदलका सदस्य भने सकुशल छन्। भैरहवामा ५:१० मा ल्याण्ड गरेको उक्त विमान धावनमार्गको आधा भागमा रोकीएको हो।
अहिले विमानस्थलमा विमान आवतजावतमा रोक लगाइएको छ।
विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल छन्।