हुण्डी बन्द गर्न इजरायलबाट प्रधानमन्त्री ओलीलाई ध्यानाकर्ष-पत्र

तेल अविव – देश तथा विदेशबाट अवैधानिकरुपमा कानून विपरित खुल्याम संचालित हुण्डी कारोबार बन्द गर्न गराउन नेपाल सरकारका सम्बन्धित् सबै निकायहरुलाई कडा भन्दा कडा निर्देशन गरि यथासिघ्र परिणाममुखी कार्याव्यनको गर्न माग गर्दै हुण्डी बन्द गर्न इजरायलबाट इजरायलका लागी नेपाली महामहिम राजदूत निरञ्जन कुमार मार्फत ३ बुदें ध्यानाकर्षण-पत्र पठाएको छ |
श्री सम्माननीय प्रधानमन्त्री ज्यु,
प्रधानमन्त्रीको कार्यालय सिहंदरबार,काठमाडौँ नेपाल |
विषय :- नेपाल सरकारलाई ३ बुदे ध्यानाकर्ष-पत्र|
सम्माननीय प्रधानमन्त्री ज्यु,
संघीय लोकत्रान्त्रिक गणतन्त्रात्मक राज्य नेपालका सार्वभौमसत्ता सम्पन्न आम नेपाली जनता द्वारा निर्वाचित नेपालका कार्यकारिणी प्रथम प्रधानमन्त्री तपाई श्री खड्ग प्रसाद ओली ज्यु लगायत सिंगो नेपाल सरकारलाई सर्वप्रथम हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ |
सार्वभौमसत्ता सम्पन्न आम नेपाली जनताले दिएको नयाँ जनमत अनुसार देशमा सु-शासन,दिगोशान्ति,समानता र भ्रस्टचार रहित सम्बृद्ध नेपाल निर्माण गर्न वर्तमान नेपाल सरकारको काधंमा आम नेपाली जनताले आशा,भरोशा र विश्वासका साथ ठूलो जिम्मेवारी सुम्पेका छन |उक्त जिम्मेवारीलाई ईमान्दारीका साथ मन,वचन र कर्मले निष्ठावान रही पुरा गर्ने दृर्दासंकल्पका साथ वर्तमान सरकार बचनबद्धता सहित अघि बढेकोमा देश तथा विदेशमा रहेका हामि लाखौ सच्चा देश भक्ति नेपाली जनता खुसिले गौरम्भिद भएका छौ |
सम्माननीय प्रधानमन्त्री ज्यु,
नेपाल सरकारको मुख्य संकल्प र तमाम नेपाली जनताको एउटै साझा चाहाना भनेको नै देशमा सु-शासन,दिगोशान्ति,समानता र भ्रस्टचार रहित सम्बृद्ध नेपाल निर्माण गर्ने भएकोले यो साझा लक्ष्य र उदेश्य पुरा गर्नका लागी एक सच्चा देशभक्ति नेपालीहरुले आ-आफ्नो स्थानबाट आफुले सकेको सहयोग नगरी रहन कदापी पनि सक्दैनौ र मौन बसी रमिता हेर्ने यो समय नभएकोले हामी देश तथा विदेशमा रहेका सच्चा देशभक्त नेपाली असल नागरिकले हाम्रो प्राण भन्दा प्यारो देश नेपालले मागेको बेला देशलाई सम्बृद्धि र आम नेपाली जनतालाई सुखी बनाउन केहि न केहि गर्नु पर्ने अठोट संकल्पका साथ हामी इजरायलमा कार्यरत श्रमजीवि सच्चा देशभक्ति असल नेपाली नागरिकहरुको तर्फबाट संयुक्तरुपमा नेपाल सरकारको नेतृत्व गर्नु हुने सम्माननीय प्रधानमन्त्री श्री खड्का प्रसाद ओलीज्यु समक्ष इजरायलका लागी महामहिम राजदूत श्री निरञ्जन कुमार थापा ज्यु मार्फत निम्न लिखित तिन (३) बुदें ध्यानाकर्षण-पत्र बुझाउन चाहन्छौ |
बुदा नं.१
देश तथा विदेशबाट अवैधानिकरुपमा कानून विपरित खुल्याम संचालित हुण्डी कारोबार बन्द गर्न गराउन नेपाल सरकारका सम्बन्धित् सबै निकायहरुलाई कडा भन्दा कडा निर्देशन गरि यथासिघ्र परिणाममुखी कार्याव्यनको हार्दिक अपेक्षा गर्दछौ | अवैधानिकरुपमा कानून विपरित संचालित हुण्डी कारोबारका कारण मूलुकको ढुकुटी राज्यकोषमा जम्मा हुनु पर्ने अरबौं डलर रिमिटेन्स बाहिर पोखिरहेको र उक्त चुवाट अरबौं डलर रिमिटेन्सलाई शतप्रतिशत देशमा भित्र्याउन सके अवश्य पनि आम नेपाली जनताको चाहाना र नेपाल सरकारको प्रतिबद्धता अनुरुप सम्बृद्ध नेपाल निर्माण गर्ने साझा लक्ष्य यथासिघ्र पुरा हुने थियो र कालाबजारी र भ्रस्टचारीहरुलाई निर्मुल गरि सु-शासन र दिगोशान्ति कायम गर्न महत्वपूर्ण टेवा पुग्ने थियो भन्ने विश्वाशका साथ महामहिम राजदूत श्री निरान्जन कुमार थापा ज्यु मार्फत नेपाल सरकार सम्माननीय प्रधानमन्त्री ज्युको विशेष ध्यानाकर्ष गर्न चाहन्छौं |
बुदा नं.२,
विश्वशान्तिका अग्रदुत महामानाब भगवान गौतम बुद्धको जन्म जयन्ति भव्यरुपमा बुद्धको जन्मथलो लुम्बिनी कपिलवस्तुमा भव्यरुपमा मनाउने नेपाल सरकार प्रमुखको हैसियतले विश्वजगत सामु उदघोस गर्नु भएकोमा हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्दै नेपाल राष्ट्रका गौरवशाली स्वाभिमानलाई अझ विश्वमाझ उजागर गर्न देशभित्र साथै विदेशमा स्थापित नेपाली राजदुतवासहरु मार्फत अधिकारिकरुपमा बुद्धको जन्म जयन्ति भव्यरुपमा मनाउन अधिकारिक निर्देशन गरियोस भनि सम्माननीय प्रधानमन्त्री ज्युको विशेष ध्यानाकर्षण गर्न चाहन्छौं |
बुदा नं.३
आम नेपाली जनताको क्षिक्षा,स्वास्थ्यको ग्यारेन्टीका साथै विदेशियका लाखौ यूवा श्रमजीवी नेपालीहरुलाई यथासिघ्र स्वदेश फर्काउने वातवरण बनाउन पर्ने साथै स्वदेश फर्किए पछी उधोग/व्यवसायी गर्नका लागी इच्छुकलाई नेपाल सरकारले निरव्यजी पुंजी उपलब्ध गराउने नीति नियमको तर्जुमा गरि स्वदेशमा नै स्वरोजगारको अवसर प्रदान गर्न गराउन सम्माननीय प्रधानमन्त्री ज्युको विशेष ध्यानाकर्ष गर्दछौ |धन्यवाद |
बोधार्थ :
श्री नेपाल सरकार अर्थ मन्त्रालय
श्री नेपाल सरकार गृह मन्त्रालय
श्री नेपाल सरकार पररास्ट्र मन्त्रालय
श्री नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्योरो
अभियानता कर्मीहरु :
——————————
१,सुन्दरसिहं लामा तामाङ
२,तिर्थ गौतम
३,जय ओडारी
४,नेहा गुरुङ(साईराम)
५,नितु खतिवडा
६,तारा ढकाल