हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

गर्मी तथा धुवाँ­धुलोबाट बच्न कस्ता चस्मा छान्ने र किन्ने ?

चैतको हावाहुरीले राजधानीका सडक धुलाम्मे भएृका छन्। सडकमा हिंड्ने जो कोहिलाई यसले समस्या पारेको छ। धुलोबाट संबेदनशील अंग आँखालाई बचाउन चस्माको प्रयोग गर्नु अत्यावश्यक भएको छ।


धुलो मात्रै नभई घामको विकीरणबाट पर्न सक्ने असरलाई समेत चस्माले न्यूनीकरण गर्दछ। आँखाको सुरक्षा मात्र नभई चस्माले सुन्दरता बढाउन पनि उत्तिकै भुमिका खेल्छ।

गर्मी तथा धुवाँ­धुलोबाट आँखालाई जोगाउन कालो चस्माको प्रयोग उपयोगी मानिन्छ। सामान्यतया चस्माले आँखालाई धुलो, धुँवा, किटाणुबाट बचाउन मद्दत गर्छ। त्यसमा पनि कालो चस्माले आँखा बिगार्ने अल्ट्रा भाइलेट विकीरणबाट समेत सुरक्षा दिने चिकित्सक बताउँछन्।

चिकित्सकका अनुसार चस्माको प्रयोग गर्दा आँखामा अल्ट्राभाइलेट रेको प्रभाव कम हुने र मोतिविन्दु तथा ढकनीको झिल्लीमा हुने क्यान्सर समेत घटाउन मद्दत पुग्दछ। बढि घाम हुने भएकै कारण तराईमा मोतिबिन्दु हुनकोे औसत उमेर ४० वर्ष र पहाडमा ५५ वर्ष। आँखा रोग विशेषज्ञ डा. अजितमान श्रेष्ठ जति गर्मी र घाम बढछ उति धेरै कालो चस्मा उपयोगी हुने र प्रयोग गर्नुपर्ने सुझाउँछन्।

त्यस्तै हिउँ, पानीको सतह, घाम लागेको स्थान लगायत बढी चमक आउने स्थानमा चस्माको प्रयोगले हेर्न सहज बनाउनुका साथै अन्य जोखिमपूर्ण क्षेत्रमा काम गर्दा आँखालाई चोटपटक लाग्नबाट समेत जोगाउने गर्छ।

नेपाली बजारमा फरक मूल्यका रेबन, पोलिस, भोउग, ओकले, गुसी जस्ता विश्व बजारका चर्चित ब्राण्डका चस्माहरु किन्न पाइन्छ। तर माथि उल्लेखित ब्राण्ड मध्ये नेपाली माझ रेबन बढी चर्चित छ। जसको ओर्जिनल चस्माको बजार मूल्य ५ हजार देखि २५ हजारसम्म पर्ने गर्दछ।

अन्य ब्राण्डका चस्मा केही आधिकारीक पसलले मात्र सम्बन्धित कम्पनीबाट ल्याउने हुनाले तिनमा उपभोक्ता ठगिने सम्भावना न्युन रहन्छ। तर नेपालमा रेबन लेखेका चस्मा फुटपाथ देखि महँगा पसलहरुसम्म पाइने गर्छ। जसमा नक्कली र सक्कली छुट्याउन नसक्दा ग्राहक ठगिने गरेका छन्।

दरबारमार्ग स्थित ‘अपसन्स’ पसल सञ्चालन गर्दै आएका अनुज शाक्यका अनुसार नेपाली बजारमा चीन तथा इटालीबाट चस्मा भित्रिने गर्छ। जसमा इटालीबाट आयात हुने चस्मा आधिकारिक ब्राण्डको विक्रेता मार्फत सोझै ल्याइएको हुन्छ। चीनबाट आयात हुने चस्मामा ब्राण्डेड नाम राखेर बनाइन्छ र ग्राहक झुक्याउन ‘मेड इन इटाली’ वा ‘मेड इन युएसए’ भनेर बेचिन्छ।

उनले भने, ‘नेपालमा क्रेज बढे पनि ओर्जिनल चिन्न नसक्दा हाल ७० प्रतिशत मानिस चस्मा किन्ने क्रममा ठगिने गरेको पाएको छु, गुणस्तरमा भन्दा मूल्यमा ध्यान दिने तथा जस्तो पायो त्यस्तै पसलमा चस्मा किन्नाले अधिकाशं मानिस ठगिने गरेका छन्।’

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका ४० वर्ष भन्दा मुनिका ४० प्रतिशत तथा ४० वर्ष नाघेका सबै मानिसलाई चस्माको आवश्यकता पर्दछ।

कसरी चिन्ने ओर्जिनल चस्मा?

व्यवसायीहरुका अनुसार चस्मा किन्नु भन्दाअघि त्यो प्लास्टिक वा पोलाराइज्ड युभी ग्लास के बाट बनेको भन्ने कुरामा चनाखो हुनुपर्र्छ। त्यस्तै किन्न लागेको चस्माको स्टिकर वा लोगो हेर्ने, ‘ग्लास स्टिकर’मा चस्मालाई परीक्षण गर्ने र ‘ब्राण्ड कन्सेप्ट’ तथा ‘जेन्यून’ ठाउँमा किन्ने गर्नुपर्दछ।

चिकित्सक श्रेष्ठका अनुसार घाम बढी लागेको समयमा आँखाको नानीको आकार तथा व्यास सानो हून्छ। यस्तोमा कमसल चस्मा प्रयोग गर्दा आँखामा अँध्यारोपन बढ्न जान्छ र त्यसले नानी वरपरको व्यास ठूलो बनाउँछ। कमसल तथा नबुझी किनेका चस्मा लगाउँदा आँखाको नानी र पर्दासम्म बढी प्रकाश पुग्ने र त्यसले व्यास ठूलो बनाउने तथा सूर्यको किरणलाई फिल्टर गर्न नसक्ने हुन्छ। यसको कारण हानिकारक प्रकाश भित्र छिरेर आँखालाई झन् नराम्रो असर पु‍र्याउने गर्छ।

कसरी छान्ने आफूलाई सुहाउने चस्मा?

चस्माले मानिसको व्यक्तित्वको पहिचानमा पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ। चस्माको बनोट र अनुहारको आकार अनुसार चस्मा छान्नु पर्छ।

दृष्टी विशेषज्ञ किशोर सापकोटाका अनुसार व्यक्तिलाई कस्तो फ्रेम भएको चस्मा सुहाउँछ भन्ने कुरा अनुहारको बनोट, छालाको रङ तथा कपालको शैलीमा निर्भर हुने गर्छ। उनको भनाइमा चारपाटे वा गोलो अनुहार भएका व्यक्तिलाई ‘रेक्टेन्गुलर’ तथा लाम्चो अनुहार भएका व्यक्तिलाई बढी चौडा भएको चस्मा प्रयोग गर्दा सुहाउँछ।
उनका अनुसार लाम्चो (ओभल) आकारको अनुहार भएका व्यक्तिलाई भने प्राय सबै खाले फ्रेमको चस्मा सुहाउने गर्छ। त्यस्तै नाक लामो भएका व्यक्तिलाई लेन्सको बीचको भाग अलि छोटो तथा नाकको तल्लो भागमा अडिने खालको र छोटो नाक भएकाहरुलाई नाकको शिरानमै अडिने खालको चस्मा सुहाउने गर्छ।

चस्माको माथिको भाग र प्रयोगकर्ताको आँखीभौं समानान्तर नभएमा चस्माले आखीँभौं नै ढाक्ने खालको हुनुपर्दछ। कपाल खौरिएको वा छोटो भएका व्यक्तिलाई मसिनो वा हलुका फ्रेम आकर्षक हुन्छ भने लामो कपाल भएकाहरुलाई मध्यम स्तरको फ्रेम र ठिक्क कपाल हुनेहरुलाई ठूलो र गाढा फ्रेमको चस्मा प्रयोग गर्दा सुहाउने उनी बताउँछन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution