हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलले नेपाली कामदारको कोटा बढाउन थप एकलाख सेवा शुल्क लिने शर्त

काठमाडौं । इजरायलले नेपाललाई वाषिर्क ५ सय कामदार (केयर गिभर)को कोटा दिन सकिने बताएको छ । तर, त्यसका लागि सरकारीस्तरमै सेवा शुल्क तोक्नुपर्ने इजरायलको शर्त छ ।

नेपालका लागि इजरायलका राजदूतसहितको टोलीले वैदेशिक रोजगार विभागसँगको छलफलमा त्यहाँ जाने नेपालीका लागि वर्षमा ५ सयसम्म कोटा दिन सकिने बताएको हो । नेपालबाट अहिले सरकारी स्तरको सम्झौताका आधारमा त्यहाँ दोस्रो लटका कामदार गइरहेका छन् ।

इजरायलले अब विदेश जाने एउटा कामदारसँग १ हजार डलर -एक लाख रुपैयाँ)सम्म सेवा शुल्क लिन पाउनुपर्ने माग गरेको छ । विभागले इजरायललाई औपचारिकरुपमा त्यस्तो प्रस्ताव गरेमा छलफल अघि बढाउन सकिने जवाफ दिएको छ ।

विभागका एक उच्च अधिकारीका अनुसार कामदारका लागि काम खोज्न र विभिन्न प्रक्रियागत रुपमा हुने खर्चको व्यवस्थापनका लागि भन्दै सेवा शुल्क उठाउने प्रस्ताव आएको हो ।

सरकारी तवरबाटै हस्ताक्षर भएको समझदारीपत्र (एमओयू)का आधारमा कोरियामा १० वर्षमा ५० हजार नेपालीले रोजगारी पाए । तर, त्यस्तै एमओयू गरेर पनि इजरायलबाट नेपाली कामदारले खासै लाभ उठाउन सकेका छैनन् ।

कामदार लैजानेबारे भएको एमओयूमै त्रुटी र कमजोरी भएपछि नेपाली कामदारले यसबाट पर्याप्त फाइदा लिन नसकेका हुन् । इजरायलले केयर गिभरका रुपमा मात्रै नेपाली कामदार लैजान्छ । घरमा बस्ने वृद्धवृद्धालाई हेरविचार गर्ने काम उनीहरुको हुन्छ ।

सरकारी स्तरमा भएको सम्झौतामै पर्याप्त कामदार लैजाने विषय उल्लेख छैन । र, इजरायलले पनि न्यून संख्यामा मात्रै कोटा पठाइरहेको छ । पछिल्लो पटक छानिएका ६० कामदारमध्ये आधा पनि उडेका छैनन् ।

इजरायलसँग साउन ०७२ मा नेपालबाट केयर गिभर लैजाने सम्झौता भएको थियो । तर, झण्डै अढाइ वर्षमा इजरायलले सय जना नेपालीलाई लगेको छैन ।

जबकि, यस्तै एमआयू गरेको कोरियाले अहिले वाषिर्क औसत पाँच हजार नेपालीलाई रोजगारी दिइरहेको छ । इजरायलसँग त्रुटीपूर्ण सम्झौता गरिएकाले यो अवस्था आएको विभागका अधिकारीहरुको भनाइ छ । इजरायलले अहिले वाषिर्क ६० जना केयर गिभरका लागि मात्रै कोटा पठाइरहेको छ ।

वैदेशिक रोजगार विभाग आफैं यति थोरै संख्यामा कामदार पठाउने प्रक्रियामा सामेल छ । इजरायल जान वर्षमा दुई हजारभन्दा बढीले हिब्रु र अंग्रेजी भाषा सिक्छन् । तर, तीमध्ये अधिकांशलाई ठूलो रकम खर्चेर सिकेको भाषा काम लागेको छैन । नेपाली कामदारका हकमा इजरायलको जनसंख्या तथा अध्यागमन निकायले समन्वय गर्छ ।

कोरिया जान नसक्ने अनि खाडी र मलेसिया जान नचाहने नेपालीका लागि इजरायल राम्रो गन्तव्य मानिन्छ । इजरायलले मागको ८० प्रतिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तव्य बन्ने सम्भावना छ । इजरायल जाने नेपालीले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

तीन महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने एमओयूमा उल्लेख छ ।

इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा, हवाई खर्चलगायत गरी लगभग नौ सय ५० डलर तिर्नुपर्छ । अब थप एक हजार डलर रुपैयाा सेवा शुल्क लिने प्रस्ताव आएको छ ।

 

नेपालले प्रस्ताब स्विकार गरे जम्मा २ हजार क






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution