एनसीसी ब्यांकका सञ्चालक सहित १३ जना प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाल क्रेडिट एण्ड कमर्श ब्यांक लिमिटेड (एनसीसी) का सञ्चालक सहित १३ जनालाई नियन्त्रणमा लिएको छ ।
आज ब्यांकको केन्द्रीय कार्यालय कमलादीमा छापा मारी उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार तत्कालीन एपेक्स डेभलपमेन्ट ब्यांक र एनसीसी ब्यांक मर्ज गर्दा अनियमितता गरेको भन्दै राष्ट्र बैंकले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । रासस