क्रिकेटमा नेपालको ऐतिहासिक सफलता, पायो एक दिवसीय मान्यता

काठमाडौं : नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै नेपाली क्रिकेट टिमले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ।
बिहीबार नेपालले पपुवान्युगिनी र नेदरल्याण्डले हङकङलाई हराएसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गर्ने एक दिवसीय मान्यता नेपालले प्राप्त गरेको हो।
जिम्बाबेमा भइरहेको आइसिसी एक दिवसीय विश्वकप छनोटको प्ले अफमा पपुवान्युगिनीलाई ६ विकेटले पराजित गरेसँगै नेपालले एक दिवसीय मान्यताको संभावना बलियो बनाएको हो। त्यससँगै नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गर्यो, जसले नेपाललाई एक दिवसीय मान्यता दिने पक्का भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश नेपालका लागि ठूलो सफलता मानिएको छ।