हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

७५ वर्षीया डोल्मा याङजोङ लामा पहिलोपटक काठमाडौंमा,डा. सन्दूकको साथ

काठमाडौँ — गोरखा सरदरमुकामबाट पैदल हिँडेर झण्डै एक साता लाग्ने तिब्बत सीमावर्ती चुम्चेत–९ की ७५ वर्षीया डोल्मा याङजोङ लामा जीवनमैं पहिलोपटक काठमाडौं आएकी थिइन् । त्यो पनि छोरी डोल्माले बलजफ्ती काठमाडौं ल्याएकी थिइन् ।

‘आमाले आँखा देख्न छाडेको ५/७ वर्षै भएको रहेछ,’झण्डै १२ वर्षपछि गाउँमा आमा भेट्न गएकी डोल्माले सुनाइन्‘घरका अरु सदस्यले जे खान दियो त्यही खाने, जता बसायो त्यतै बस्ने अवस्था रहेछ । त्यही भएर आँखा उपचारकै लागि भएपनि हेलिकोप्टरमा राखेर आमालाई काठमाडौं ल्याएकी थिएँ ।’

१२ वर्षअघि घरेलु कामदार बनेर कुवेत गएकी र सहकर्मी हत्याको अभियोगमा १० वर्षभन्दा बढी जेल सजाय बेहोरेर घर फिरेकी डोल्मासँग आमाको आँखा उपचारमा कुनै जगेडा पैसा पनि थिएन ।

गोरखाको चुम्चेतबाट हेलिकोप्टरमा राखेर ल्याउन लाग्ने २० हजार रुपैयाँ पनि डोल्माले ऋणका भरमा उठाएकी थिइन् । ‘मेरो मुश्किलको आर्थिक अवस्था र आमाको आँखा देख्ने इच्छाबारेको समाचार कान्तिपुरमा पढेर तिलगंगा अस्पतालले निःशुल्क उपचार गरिदियो,’मंगलबार तिलगंगा आँखा अस्पताल परिसरमा आमासँगै भेटिएकी डोल्माले थपिन्, ‘आमाले यतिका वर्षपछि फेरि मलाई देख्नुभयो, मेरो गाला छामेर खुशीले हाँस्नुभयो ।’

तिलगंगामा डा. सन्दूक रुइत आफैंले तदारुकता देखाएर डोल्मा याङजोङको मोतिबिन्दिू शल्यक्रिया गरिदिएका थिए । उठबस गर्न, हिँडडुल गर्न र खानपिनमै पनि अरुको सहारा लिएर हिँड्नुपर्ने अवस्थामा रहेकी डोल्मा याङजोङले ‘आँखा देख्न सक्ने भएपछि’ फेरि छिट्टै गाउँ फिर्न चाहेकी छिन् ।

‘यसरी आँखा देखौँला भन्ने थिएन, डाक्टर सरहरुले सहयोग गरिदिनुभयो । म खुशी भएकी छु,’चुम उपत्यकामा बोलिने स्थानीय लामा भाषामा आमाले भनिन्, ‘नयाँ जीवन पाएजस्तो भएको छ ।’ डोल्मा याङजोङको दाहिने आँखा पहिलेदेखि फुटेको अवस्थामा थियो भने देब्रे आँखाको मोतिबिन्दूको अप्रेसन गरिएको हो ।

डोल्मा कुवेतमा जेलसजाय बेहोरिरहेका बेला ‘डोल्मा बचाउ’ अभियान भनेर राष्ट्रिय–अन्र्तराष्ट्रिय समुदायमा आर्थिक सहयोग उठाएर गैर आवासीय नेपाली संघले आफ्नो खातामा झण्डै ४० लाख रुपैयाँ मौज्दात राखेको छ ।

तर, डोल्माको जीवनरक्षा भइसकेको तर्क राख्दै संघले उक्त रकम वैदेशिक रोजगारीमा गएका अन्य कामदारको हितमा खर्च गर्ने भनेर आफ्नै कल्याणकारी कोषमा सञ्चित गरेको छ । डोल्माका नाममा पैसा उठाएर माइती नेपाल, शेर्पा संघलगायतमा राखिएको मौज्दात रकम पनि डोल्माले अझै पाएकी छैनन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution