हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

भट्टराईलाई दाहालको सुझाव- पार्टीमा नफर्के स्वर्गमा पनि बास नपाउला

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डाक्टर बाबुराम भट्टराईलाई गल्ती सच्याउँदै पार्टीमा फर्कन आग्रह गरेका छन्।


बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले भट्टराईलाई गल्ती सच्याएर पार्टीमा फर्कन आग्रह गरेका हुन्। भट्टराईलाई पटक-पटक  माओवादीमा जोडिन आउनु पर्छ भन्दै आएको स्मरण गर्दै दाहालले आफ्नो आग्रहलाई नमानेर भट्टराईले धेरै ठूलो गल्ती गरेको दाबी गरे। फेरि पनि गल्ती सच्याउँदै पार्टीमा नफर्के स्वर्गमा पनि भट्टराईले बास नपाउने टिप्पणी दाहालले गरे।

उनले भने, ‘हाम्रो त भनाइ बाबुरामजीहरू समेत यहीँ जोडिन आउनुपर्छ भन्ने हो। नत्र कुनै भविष्य छैन। मैले त उतिबेलै भनेको हो- बाबुराम जीलाई  गल्ती गर्नुभएको छ तपाईले। ब्लन्डर गर्नुभएको छ। धेरै ठूलो भूल गर्नुभएको छ। यसको पश्चाताप गरेर फर्कनु पर्ने हुन्छ उहाँले। अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ। उहाँलाई नत्र पोलेको पोल्यै हुन्छ। दु:ख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ हामीलाई।’

अध्यक्ष दाहालले विगतमा माओवादी, कम्युनिष्ट आन्दोलन र क्रान्तिका लागि काम गरेकाहरू एउटै केन्द्रमा आउनुको विकल्प नभएको उल्लेख गर्दै फुटेर गएको विप्लव समूहलाई पनि पार्टीमा फर्कन आह्वान गरे। जनताको आर्थिक विकास र सम्वृद्धिको चाहना सम्बोधन गर्नका लागि बलियो केन्द्र आवश्यक रहेकाले वामगठबन्धनको पक्षमा आफू उभिएको उल्लेख गर्दै उनले पार्टी एकतापछि मुलुकमा विकास र सम्वृद्धिको अभियान चाल्न सजिलो हुने बताए।

गोर्खामा नयाँ शक्ति पार्टीका तर्फबाट विभिन्न भूमिकामा रहेर काम गर्दै आएका कार्यकर्ता पार्टी प्रवेश हुनुलाई पुनर्मिलनको संज्ञा दिँदै अध्यक्ष दाहालले यसपछि गोर्खा फेरि पनि कम्युनिष्ट किल्लाकै रूपमा कायम रहने विश्वास व्यक्त गरे।

लक्ष्मण गुरुङ, मिनबहादुर सुनार, इन्द्रप्रसाद गुरुङलगायत १९ जना कार्यकर्ता बिहीबार  माओवादी केन्द्रमा फर्किएका हुन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution