कृष्णमोहन स्मृती ब्याडमिन्टनमा नङसल देवी तामाङ च्याम्पियन

काठमाडौं । कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत महिला एकलतर्फको उपाधि त्रिभुवन आर्मी क्लबकी नङसल देवी तामाङले जितेकी छिन् ।
बुधबार भएको फाइनलमा आफ्नै क्लबकी रसिला महर्जनलाई हराउदै नङसलले उपाधि जितेकी हुन् ।
हल्चोकस्थित एपीएफ क्लबको कभर्डहलमा नङसलले रसिलामाथी २१–१९, १९–२१ र २१–१९ को जित निकाल्न सफल भईन् । पुरुष एकलको फाइनलमा भने आर्मीका रत्नजित तामाङ र एपीएफका दिपेश धामीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
पुरुष एकलको सेमीफाइनलमा आर्मीका रत्नजितले दार्चुलाका प्रिन्स दाहाललाई २१–१७ र २१– १० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । यस्तै एपीएफ दिपेशले आर्मीका नविन श्रेष्ठलाई २१–१६ र २१– १६ ले हराएर रत्नसँगको भेट पक्का गरे ।
महिला युगलतर्फको सेमीफाइनलमा एपीएफका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले त्रिभुवन आर्मी क्लवका रसिला महर्जन र अमिता गिरीको जोडीलाई २१–११ र २१–१९ ले तथा त्रिभुवन आर्मी क्लवका नङसल तामाङ र अनुमाया राईको जोडीले झापाका जेसिका गुरुङ्ग र सुनेना मुखियाको जोडीलाई २१–१४, ११–२१ र २१–१८ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
पुरुष युगलतर्फको क्वार्टरफाइनलमा आर्मीका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले एपीएफका गौतम कठायत र विशाल प्रधानको जोडीलाई २१–१९ र २१–१० ले, एपीएफका सुदिप सेढाँई र साजनकृष्ण ताम्राकारको जोडीले आर्मीका रुकेश महर्जन र पविन लिन्थेपको जोडीलाई २१–१७, २२–२४ र २१–१७ ले, नेपाल पुलिस क्लवका दिपक बोहोरा र जीवन आचार्यको जोडीले आर्मीका सुरज महर्जन र प्रफुल्ल महर्जनको जोडीलाई ९–२१, २१–१४ र २५–२३ ले तथा एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले बाँकेका रियाज अन्सारी र इरफान अन्सारीको जोडीलाई २१–१७ र २१–११ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी पुरुष एकलतर्फको १७ वर्षमुनिको सेमीफाइनलमा आर्मीका प्रफुल्ल महर्जनले कैलालीका देवराज रानालाइ २१–११ र २१–१० ले तथा दार्चुलाका प्रिन्स दाहालले आर्मीका रिजेन महर्जनलाई २१–४ र २१–१७ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
यस्तै एपीएफ क्लबकै आयोजना जारी सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको पुरुष एकलतर्फ जितेन्द्र परियार र प्रनभ खनालले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबार भएको सेमीफाइनलमा ललितपुरका जितेन्द्र परियारले ललितपुरकै सन्तोष खत्रीलाई ६–२ र ६–३ ले तथा त्रिभुवन आर्मी क्लवका प्रनभ खनालले पोखराका प्रदिप खड्कालाई ६–०, ४–६ र ७–५ ले पराजित गरी फाइनलमा प्रवेश गरे ।
यस्तै महिला एकतर्फको उपाधिका लागि नेपाल पुलिस क्लबकी दिदीबहिनी मायांका राणा र माहिका राणाले प्रतिस्पर्धा गर्ने छन् । सेमिफाइनलमा मायांकाले आर्मीकी इरा रावतलाई ७–५ र ६–४ ले पराजित गर्दा माहिकाले पोखराकी गंगा शर्मालाई ६–० र ६–२ ले पराजित गरिन् ।