रुस संग सबैभन्दा बेसि आणविक हतियार,इजरायल संग कति ?

यतिबेला संसारभर उत्तर कोरियाद्वारा गरिएको आणविक परीक्षणको चर्चा छ । ती हतियार विनाशकारी भएको र त्यसले संसारलाई नै विनाशतर्फ धकेलेको आरोप पनि लगाइन्छ । यद्यपि सत्य के हो भने संसारमा उत्तर कोरिया आणविक शक्ति सम्पन्न सबैभन्दा सानो देश हो । त्यसो भए सबैभन्दा शक्तिशाली आणविक शक्ति सम्पन्न देश कुन हो त ?
अमेरिकी वैज्ञानिकहरूको संगठन फेडरेसन अफ अमेरिकन साइन्टिस्टले जारी गरेको पछिल्लो तथ्यांकअनुसार रूस सबैभन्दा शक्तिशाली आणविक शक्तिसम्पन्न देश हो । रूससँग ६ हजार ८ सयभन्दा बढी आणविक तथा हाइड्रोजन बम एवं वारहेड छन् । दोस्रो स्थानमा अमेरिका छ ।
अमेरिकासँग ६ हजार ६ सयभन्दा बढी आणविक तथा हाइड्रोजन बम एवं वारहेड छन् । यो सूचीको तेस्रो स्थानमा फ्रान्स (३ सय), चौथो स्थानमा चीन (२ सय ७०) तथा पाँचौं स्थानमा बेलायत (२ सय १५) छन् । उत्तर कोरिया यो सूचीमा १० देखि २० आणविक तथा हाइड्रोजन बम एवं वारहेडसहित नवौं स्थानमा छ भने छैटौं, सातौं र आठौं स्थानमा क्रमश: पाकिस्तान, भारत र इजरायल छन् ।