प्यालेस्टाइनी प्रधानमन्त्री चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

प्यालेस्टाइनी प्रधानमन्त्री रामी हमदल्लाह एक हत्याप्रयासबाट बच्न सफल भएको बताइएको छ।
मंगलबार उत्तरी गाजामा उनी चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको थियो।
उनी गाजा स्ट्रिपमा प्रवेश गर्न लागेका बेला इजरायल नियन्त्रित एरेज चेकप्वाइन्टनेर सो विस्फोट भएको थियो। विस्फोटमा कोही पनि गम्भीर घाइते नभएको बताइएको छ।
विस्फोटलगत्तै हमदल्लाहले गाजामा एक पानी शुद्धीकरण प्लान्टको उद्घाटन गरे र यस्ता घटनाले गाजाप्रवेशबाट आफूलाई रोक्न नसक्ने बताए।
फताह पार्टीले घटनाको छानबिनको माग गरेको छ। एजेन्सी