हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सगुनमा हिन्दुस्तान टाइम्सले ५० लाख डलर लगानी गर्ने

वासिङ्टन डीसी  । सोसिएल कमर्श प्लेटफर्म  सगुनले भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एच्‌टी ओभरसिज प्रालि (एच्‌टी सिंगापुर)सँग५० लाख डलरको लगानी सम्झौता गरेको घोषणा गरेको छ। एच्‌टी ओभरसिज प्रालि भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एच्‌टी मिडिया लिमिटेड (एच्‌टी मिडिया)को पूर्ण स्वामित्वमा रहेको कम्पनी हो।

एच्‌टी सिंगापुरसँगको सम्झौताले सगुनलाई करीब ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तामाझ हिन्दुस्तान टाइम्सका विभिन्न सञ्चार माध्यम मार्फत सहज पहुँच हुनेछ। सगुनको प्रारम्भिक चरणको लक्षित दक्षिण एसियाली बजारको एक हिस्साको रुपमा रहेको भारतीय बजारमा पहुँच कायम राख्न यो सम्झौताले सहयोग पुग्ने विश्वास सगुनको छ।

एच्‌टी मिडियाको स्वामित्वमा रहेका प्रकाशनहरुमा अंग्रेजी माध्यमबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्स तथा मिन्ट तथा हिन्दीमा प्रकाशित हुने हिन्दुस्तान छन् भने अन्य डिजिटल माध्यमहरु तथा एफ्एम् स्टेसन पनि रहेका छन् ।

सगुनले आफ्नो नविन प्रयोग अन्तर्गत सोसल स्मार्ट कार्डको विकासलाई निरन्तरता दिँदै सन् २०१८ को अन्त्यसम्म बजारमा सुरु गर्ने लक्ष्य लिएको छ। यस कार्डको सहयोगले बजारमा सामान किन्दा पैसा कमाउन मद्दत गर्दछ, कुपन देखाएर छुट पाउन सकिन्छ तथा आफ्ना प्रियजनहरुलाई उपहार पनि दिन सकिन्छ ।

सगुनले यसै बर्ष आइओएस् एप जारी गर्नको लागि समेत काम गरिरहेको छ। ३ सय अर्ब डलरको सोसल कमर्स बजारमा सोसल स्मार्ट कार्ड र आइओएस् एपले आमूल परिवर्तन ल्याउन सक्ने सगुनको विश्वास छ।

सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने,“हामी एच्‌टी सिंगापुरजस्तो प्रभावशाली साझेदारसँग सम्झौता गर्न पाउँदा एकदमै खुसी छौं । हिन्दुस्तान टाइम्सको प्रभावले हामीलाई संसारको दोस्रो धेरै इन्टरनेट प्रयोगकर्ताहरु रहेको भारतका अझ बढी प्रयोगकर्ताहरुसम्म पुग्नको लागि मद्दत गर्नेछ ।”

सगुनले यस वर्षकै जनवरीमा सफलरुपमा एन्ड्रोइड मोबाइल एपको सुरुवात गरेपछिको चरणमा यस सम्झौता भएको छ। दुई महिनामा नै सगुनको एन्ड्रोइड एप ५ लाख ८० हजारभन्दा बढीपटक डाउनलोड भैसकेको छ। एन्ड्रोइड प्रयोगकर्ता तथा वेबको प्लेटफर्मका प्रयोगकर्ता समेत गरेर सगुनका कुल १६ लाख प्रयोगकर्ताहरु भइसकेका छन् । अहिले उपलब्ध सामाजिक सञ्जालमा भन्दा भन्दा राम्रो अनुभव खोजिरहेकाअन्य सामाजिक सञ्जालका २ अर्ब ८० करोड प्रयोगकर्ताहरु मध्येबाट सगुन प्रयोगकर्ताहरुको हिस्सा बढिरहेको छ।

“हाम्रो लगानी सगुनले बनाएको उत्कृष्ट सेवा तथा संसारभरका प्रयोगकर्ताहरुलाई प्रदान गरिरहेको राम्रो सामाजिक सञ्जाल प्रयोगको अनुभवको प्रमाण हो । आम मानिसले सामाजिक सञ्जाल मार्फत् कनेक्ट, शेयर, तथा अर्न  गर्ने शैली परिवर्तन गर्न सक्ने क्षमता सगुनमा छ भनी हामीविश्वास गर्छौं र यस यात्राको एक साझेदार हुन पाएकोमा हामी उत्साहित छौं । ”, हिन्दुस्तान टाइम्सका लगानी टीमका प्रमुख अतिभ चड्डाले भने ।

सगुनले अमेरिकी सामाजिक सञ्जालको जगतमा रहेको एउटा कमजोरीलाई समाधान गरेको छ, त्यो भनेको उनीहरु इकमर्शको लागि बनाइएका होइनन् । बिक्रीकर्ता तथा खरिदकर्ताबीच किनबेच गर्न प्रतिबन्ध लगाइएको छ र प्रयोगकर्ताहरुले आम्दानीको प्रत्यक्ष स्रोत बन्दा पनि कुनै आर्थिक लाभ पाउँदैनन् । यसले गर्दा उपहारको रुपमा दिइनेकार्ड, कुपनमा दिइने सुविधा तथा छुटहरुलाई सामाजिक सञ्जालमा उपलब्ध गराउने अवसर गुमिरहेको छ
सगुनले रेगुलेशन ए+ अन्तर्गत ग श्रेणीका सामान्य शेयरहरु २३ अमेरिकी डलरको दरमा कम्तीमा एक हजार लगानी गर्नुपर्ने गरी निश्कासन गरेको थियो ।

शेयर निष्कासनपछि सगुनले सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्ने यसको सपनासँग सहमत ३ हजार भन्दा बढी लगानीकर्ताबाट करीब ३४ लाख डलर लगानी उठाएको छ। कम्पनीले सन् २०१६ को सुरुवाती चरणमा १४ लाख डलर लगानी निजी स्तरमा उठाएको थियो ।

रेगुलेशन ए+मार्फत् हुन् शेयर निष्कासनले शेयर कारोबार गर्ने प्रमाणपत्र नपाएका आम नागरिकलाई कम्पनीको शेयर किन्ने अवसर प्रदान गर्छ । कम्पनीले हालसम्म पनि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट लगानी उठाइरहेको छ। शेयर निष्कासन सम्बन्धी जानकारी सगुनको वेबसाइट www.sagoon.com/invest मा हेर्न सकिन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution