हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

पदको भोगि फोरम र राजपा, मागे उपराष्ट्रपति र उपसभामुख

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल पनि सहभागी हुने निश्चित भएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएसँगै फोरम र राजपा सरकारमा जाने निश्चित भएको हो।

सरकारमा सहभागी हुँदा फोरम र राजपाले तीन/तीन मन्त्रालसँगै उपराष्ट्रपति र उपसभामुख पनि मागेका छन्। फोरमले दुई मन्त्री र एक राज्यमन्त्रीसहित उपसभामुखको माग गरेको छ। तर, दिने/नदिने भन्नेबारे निर्णय गरेका छैनन्। उपसभामुख माओवादीसँगको भागबन्डामा एमालेलाई परेको छ। मन्त्रालय पनि घटाएका कारण नेतालाई व्यवस्थापन गर्न एमालेलाई पनि समस्या रहेको बताइएको छ। तर, फोरम सरकारमा आउने भएपछि शक्तिशाली सरकार निर्माण गर्न भएपनि एमालेले उपसभामुख फोरमलाई दिनसक्ने बताइएको छ।

आफूहरूले तीन मन्त्रालय र उपसभामुख मागेको फोरमका प्रचार विभाग प्रमुख अजम्बर राई काङ्माङले बताए। उनले भने,‘हामीले पनि आकांक्षीको व्यवस्थापन गर्नुपर्छ। मन्त्रालय पनि थोरै पाउने भएपछि हामीले उपसभामुख पनि पाउनुपर्छ भन्ने माग हो। हामीले एक राज्यमन्त्रालयसहित तीन मन्त्रालय मागेका छौँ।’

उनले आफूहरुले सरकारमा जाने औपचारिक निर्णय गरेका कारण मन्त्रालय तथा अन्य पदका बारेमा भने अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेको जानकारी दिए। उनले भने,‘संविधान संशोधनलगायत विषयमा लगभग सहमती भएको छ। तर, मन्त्रालयका विषयमा टुंगिएको छैन। हामीले सभामुख मागेका छौँ। यो विषयमा अध्यक्षले छलफल गरिरहनुभएको छ।।’ संविधान संशोधनका लागि सरकार तयार भएको बताए।

उनले भने,‘संविधान संशोधन गर्न सरकार तयार भएको छ। यसका लागि पनि हामी सरकारमा जाने भएका हौँ। दुई तिहाई बिना संशोधन हुँदैन। हामी सरकारमा सहभागी नभइ दुई तिहाई हुँदैन।’

यस्तै राजपाले पनि उपराष्ट्रपतिसहित तीन मन्त्रालयको दाबी गरेको महासचिव केशव झाले जानकारी दिए। झाले भने,‘हामीले उपराष्ट्रपतिसहित तीन मन्त्रालय मागेका छौँ। त्यो पूरा भएमा सरकारमा जान्छौँ।’

राजपाले उपराष्ट्रपतिमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई पठाउने तयारी गरेको उनले बताए। उनले भने,‘नेताको व्यवस्थापनका लागि पनि हामीले उपराष्ट्रपति मागेका हौँ।’

उनले सरकारसँग संविधान संशोधनमा सैद्धान्तिक सहमति भएको बताए। उनले भने,‘हामीले संविधान संशोधनका लागि सैद्धान्तिक सहमति गरेका छौँ। तर, अझै पनि हाम्रा नेताहरु थुनामै छन्। उहाँहरुलाई छाडिनुपर्छ। आरोप लाग्दैमा कोही अपराधी हुँदैन।’

ओली नेतृत्वको सरकारलाई आफूहरुले औपचारिक रूपमा समर्थन गरिसकेको झाले बताए। उनले भने, ‘हामीले सरकारलाई विश्वासको मत दियौँ। अब राष्ट्रपतिलाई पनि मत दिन्छौँ। एमाले–माओवादीले हाम्रा माग पनि पूरा गर्छन् भन्नेमा विश्वस्त छौँ।’

एमालेले छाड्ला त उपसभामुख?

एमाले र माओवादीबीचको भागबन्डाबाट उपसभामुख एमालेले पाएको छ। तर, फोरमले सरकारमा सहभागी हुँदा उपसभामुखमा पाउनुपर्ने दाबी गरेको छ।

उपसभामुख र तीन मन्त्री दिए मात्र सरकारमा जाने फोरमले जनाएको छ। अहिले यस विषयमा एमाले, माओवादी र फोरम अध्यक्षबीच छलफल भइरहेको छ। तर, संविधान संशोधन लगायत मधेशी दलको मागप्रति सैद्धान्तिक सहमति जुटिसकेको एमाले नेता सुवासचन्द्र नम्वाङले बताए। उनले भने,‘ उहाँहरुको माग सैद्धान्तिक सहमति भइसकेको छ। अब हस्ताक्षर गर्न मात्र बाँकी छ। अब उहाँहरु सरकारमा आउने मोटामोटी सहमति भयो।’

तर, मन्त्रालय तथा अन्य पदका विषयमा भने अध्यक्षहरुबीच छलफल भइरहेको उनले बताए। उनले भने,‘एमालेले पाएको उपसभामुख छाड्ने/नछाड्ने वा अरू मन्त्रालय कसरी भागबन्डा गर्ने भन्नेबारे अध्यक्षहरुबीच छलफल भइरहेको छ। यो विषयमा हामीलाई थाहा छैन।’

माओवादीले छाड्ला त उपराष्ट्रपति?

मधेशी दल सरकार आए आफ्नो भागमा परेको उपराष्ट्रपति छाड्ने मनस्थिति माओवादी केन्द्रले बनाएको छ। दुईतिहाइको सरकार निर्माण गर्नका लागि माओवादी लचाक देखिएको छ। मओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफूहरू छलफलमा रहेको बताए।

उनले भने,‘ मधेशी दलहरू सरकारमा आउन चाहे हामी उपराष्ट्रपति छाड्ने मानसिकतामा छौँ। अहिलेछलफल भइरहेको छ।’ यस विषयमा राष्ट्रपति निर्वाचनपछि निर्णय लिइने उनले बताए।उनले भने,‘ नेताको व्यवस्थापनमा त हामीलाई पनि समस्या हुन्छ। मन्त्रालयको संख्या नबढाउने भएपछि उहाँहरु सरकारमा आउँदा हामीले पाउने मन्त्रालयको संख्य पनि घट्ने सम्भावना छ। तर पनि हामीहरू यसमा लचिलो छौँ।थाहाखबर बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution