हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

उपराष्ट्रपतिको निर्वाचन मिति अन्योलमा, नन्दबहादुर पुनको छटपटी

काठमाडौं, २९ फागुन । एक सातादेखि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकै सकसमा परेका छन् । सत्ताको भागबन्डाको विषयमा सहमति हुन नसक्दा ओली सरकारले पूर्ण पाउन सकेको छैन । चैत ३ गते ओली प्रधानमन्त्री भएको एक महिना पुग्दैछ ।

तर, एक महिना हुन लाग्दा पनि सरकार विस्तार हुन नसक्नुमा ओली र प्रचण्ड दुवै मुख्य कारक मानिएको छ । स्रोतका अनुसार उपराष्ट्रपतिको दौडमा राजपा संयोजक महन्थ ठाकुर पनि सामेल भएपछि उपराष्ट्रपतिको निर्वाचन कहिले गर्ने भन्ने टुंगो लाग्न सकेको छैन ।

प्रधानमन्त्री ओली मंगलबार राष्ट्रपतिको निर्वाचनपछि बुधबार नै सरकार विस्तार गर्ने तयारीमा थिए । तर, संघीय समाजवादी फोरम र राजपा पनि सरकारमा सामेल हुने भएपछि कसरी मन्त्रालयको भागबन्डा टुंगो लगाउने भन्ने सकसमा ओली र प्रचण्ड छन् । दुवै संघीय समाजवादी फोरमलाई मात्र सरकारमा सामेल गर्ने मनस्थितिमा थिए । तर, केही समयअघि नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको सुझावअनुसार महन्थ ठाकुर र राजेन्द्र महतोको कसरी व्यवस्थापन गर्ने भन्नेमा प्रधानमन्त्री ओली चिन्तित देखिएका छन् ।

निर्वाचनअघिसम्म आफ्ना विरोधी रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, फोरम अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरलाई ओलीले आफू वरिपरि ल्याइसकेका छन् । सभामुखको निर्वाचनलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा ओली, प्रचण्ड र ठाकुरबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन राजपालाई आग्रह गरेका थिए । सोही भेटमा ओलीले उपराष्ट्रपति बन्न र सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । ठाकुरले ‘कतिजना मन्त्री पठाइदिउँ त’ भनेपछि अहिलेसम्म ओली र प्रचण्डले राजपालाई सरकारमा सहभागी गराउने कि नगराउने भन्ने निर्णय गर्न नसकेको स्रोतले बतायो ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोस्रो कार्यकालका लागि दोहो¥याउने वाम गठबन्धनको सहमतिपछि उपराष्ट्रपति नन्दबहादुर पुन ढुक्क थिए । तर, यतिखेर उनमा कतै महन्थ ठाकुर उपराष्ट्रपति भइदिने हुन् कि भन्ने चिन्ता र छटपटी सुरु भएको छ । भारतले महन्थ ठाकुरको व्यवस्थापन कतै न कतै गर्न प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आग्रह गरिरहेको बुझिएको छ । सोही कारण राजपाले ओलीलाई प्रधानमन्त्रीमा निसर्त विश्वासको मत दिएको हो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution