हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

झन्डै टावरसँग ठोक्किएको थियो युएस बंगलाको जहाज

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको युएस बंगलाको विमान अवतरणका क्रममा दिउसो सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो।

विमानस्थल कार्यालयले पाइलटले विमानस्थलको हवाई ट्राफिक नियन्त्रण(एटिसी) कक्षसँग सही सुचना आदानप्रदान नगर्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ।

विस्तृत कारण छानविनपछि पत्ता लाग्ने भएपनि प्राम्भिक रिपोर्टका अनुसार  पाइलटले गलत एप्रोच लिँदा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी गराए।
९ नटिकल माइल दक्षिणको दुरीमा आउँदा अवतरण अनुमति पाएको  बंगला एयरको विमानले निर्धारित एलाइनमेन्ट परिवर्तन गर्दै दुई फन्को आकाशमै लगाएको एटिसीका अधिकारीहरुले बताए।

‘सुरुमा दक्षिणको ०२ धावनमार्ग विन्दुमा अवतरण अनुमति पाएको विमानले जब त्यहाँबाट अवतरण गर्ने संकेत नदेखाएपछि एटिसीले पुनः पाइलटलाई कुनै समस्या छ? भनेर सोध्दा सबै ठिक छ भनेर जवाफ दियो’ घटनाको बारेमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले भने,‘त्यसपछि विमानले उत्तरतर्फको २० मा अवतरण गर्ने भनेपछि विमानलाई जुनसुकै विन्दुबाट अवतरणको विकल्प हामीले खुल्ला गरिदियौं तर उसले त्यस्तो गरेन।’

दक्षिणतर्फ अवतरण गर्न असमर्थ भएपछि विमान उत्तरको विन्दु समात्न  पनि असफल भयो। त्यसपछि विमानले आकाशमै दुई फन्का लगाएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीको भनाइ छ।

त्यही क्रममा पाइलटलाई एटिसीले कुनै समस्या छ भनेर सोध्दा पाइलटले जवाफ नफर्काएको अधिकारीहरुले बताए।

अवतरणको सहि विन्दु ठम्याउन नसकेपछि विमान नेपाल आर्मीको ह्यांगर नजिकैको टावरतर्फ गएको थियो। टावर धावन ,मार्गको दायाँतर्फ पर्छ।

‘हामीले त टावर छोयो भनेर अनुमान गरेका थियौं तर त्यसो भएन’ उक्त समय एटिसीमा रहेका एक अधिकारीले भने,‘विमानले टावर त छोएन तर त्यहाँबाट सिँधै अवतरण गर्ने प्रयास गर्यो।’

यसरी विमानले जुन विन्दुबाट अवतरण गरेको थियो त्यो नियमित थिएन र सोही कारण विमानले धावनमार्गको एलाइन्मेन्ट समात्न सकेन। पार्किङमा रहेका विमानसँग  ठोक्किएला जस्तो गरेर विमान  धावनमार्गभन्दा बाहिर पूर्वतर्फ गयो र दुर्घटनामा पर्यो।

अवतरणको क्रममा रहेको बढि भएको विमानको गति धावनमार्गमा नियन्त्रण हुनसक्थ्यो तर यो  विमान धावन मार्गमा गत्रन सकेन, सिधै बार भत्काउँदै धावनमार्ग बाहिर रहेको फुटबल मैदानमा दुर्घटनाग्रस्त हुन पुग्यो।

विमानमा  ६७ यात्रु सवार थिए। जसमध्ये ४५ जना यात्रुसहित ४ जना चालकदलका सदस्यले ज्यान गुमाए।  २२ यात्रुको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

विमानमा ३३ नेपाली, ३२ बंगालीको साथमा १ माल्दिभ्स र चिनियाँ नागरिक सवार थिए।

क्यानेडिएन कम्पनी बम्बार्डियरको डिएचसी–८–क्वू४०० सिरिजको यो विमानले बंगलादेश नागरिक उड्डयनबाट एस२–एजीयू दर्ता नम्बर पाएको थियो। विमानले सन् २००१ मा पहिलो उडान गरेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको यो सबैभन्दा ठुलो दुर्घटना हो। नेपाली आकाशको यो चौथो ठुलो हवाई दुर्घटना हो। यो भन्दा पहिले सन् १९९२ मा थाइ एयरवेजको विमान दुर्घटना हुँदा ९९ जनाको मृत्यु भएको थियो। त्यस्तै त्यही वर्ष पाकिस्तान एयरको विमान भट्टे डाँडामा दुर्घटना परेको थियो। सन् २०१५ मा टर्किस एयरको विमान विमानस्थलमै अवतरणका क्रममा अगाडीको चक्का नखुलेपछि जोतिएर अनियन्त्रित हुँदै धावनमार्ग बाहिर पुगेको थियो। तर त्यसमा कुनै मानवीय क्षति भएन।  सेतोपाटि बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution