प्रबासी नेपाली मंच इजरायल द्वारा बलात्कार बालिकालाई आर्थिक सहयोग प्रदान

तेलअविव – १०८ औ अन्तराष्ट्रिय नारी दिबस मार्च ८ कादिन प्रबासी नेपाली मंच इजरायल (महिला बिभाग )द्वारा आयोजित अनलाइन कन्फेरेन्स कार्यक्रमको आयोजना गरी पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकी बलात्कारबाट गभीर घाइते भएकी आठ वर्षीया बालिकालाई उपचारको लागि ३०,००० (तिस हज्जार)आर्थिक सहयोग प्रदान गरेको छ |
सहयोग रकम माननीय सांसद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रबास बिभाग प्रमुख कमरेड बिन्दा पाण्डे मार्फत पिडित बालिकाको हेरचाहमा संग्लग्न रक्षानेपालको प्रतिनिधि दुर्गा पाण्डेलाई हस्तान्तरण गरिएको हो |
हालबालिकाको उपचार काठमाडौंको ग्रीन सिटी अस्पतालमा भईरहेको छ ।गम्भीर घाइते भएकी बालिकाको अबस्था अत्यन्त दर्दनाक भएको भन्दै ‘‘निकै दुखलाग्दो र गम्भीर अपराधिक घट्ना भएकोमा प्रबासी नेपाली मंच इजरायलका अध्यक्ष तिर्थ गौतमले घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही होस् पिडित बालिकाको उपचार , अध्ययन एवं अन्य अत्याबश्यक जिबन रक्षाको जिम्मा नेपाल सरकारले जिम्मा लियोस भनि जोडदार माग गरेका छन् |
गोपनियताको लागि बालिकाको नाम सार्वजनिक नगरेको गौतमले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |