साहित्यिक चौतारी नेपाल इज़रायल शाखा द्वारा लेखक तथा कलाकार उपेन्द्र सुब्बालाई सम्मान गर्ने

तेल अविव-बरिष्ठ कवि लेखक तथा कलाकार झाक्री बा (श्री उपेन्द्र सुब्बालाई ) साहित्यिक चौतारी नेपाल इज़रायल शाखा द्वारा आउदो १८ मार्च २०१८ आइतबार सम्मान कार्यक्रम बिहान ११:०० बजे एनआरएन इजरायल को कार्यलय मा आयोजना गर्ने भएको छ |
किराँत याक्थुङ चुम्लुङ इजरायलको मुख्य आयोजना तथा नेपाल मगर सङ्घ इजरायल, ह्योल्मो समाज इजरायल, किराँत राई यायोक्खा नेपाल इजरायल को सह आयोजनामा यहि १६ मार्च २०१८ शुक्रवार नेपालबाट आउनु हुने नेपाल आइडल टप ४ का सागर आले मगर साथै कवि उपेन्द्र सुब्बाको साथमा “सांस्कृतिक (कन्सर्ट) कार्यक्रम”इजरायलमा हुने भएको अवसर पारी आइतबार १८ तारिख वरिष्ठ साहित्यकार उपेन्द्र सुब्बालाई साहित्यिक चौतारी नेपाल इजरायल शाखाले सम्मान गर्न लागेको हो |
इजरायलमा कार्यरत सम्पूर्ण साहित्यानुरागीहरुमा कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ |