इराकमा नेपाल तामाङ घेदुङ गठन, अध्यक्षमा च्याङ्बा लामा तामाङ

इराक । तामाङ जातिको हक हित र अधिकार सहितको पहिचानलाई स्थापित गराउने उदेश्य राखि स्थापना भएको नेपाल तामाङ घेदुङ्को शाखा इराकमा समेत गठन भएको छ ।
शुक्रबार इराकको कुर्दिस्तान एर्बिल स्थित अनिशा रेष्टुरेन्टमा आयोजना गरिएको भेलाले नेपाल तामाङ घेदुङ इराकको गठन गरेको घेदुक इराकका सह–कोषाध्यक्ष निमा गोले तामाङले जानकारी दिएका छन ।
च्याङ्बा लामा अध्यक्ष रहने गरि निर्माण गरिएको १९ सदस्यीय केन्द्रिय समितिमा बरिस्ठ उपाध्यक्षमा दिल कुमार लामा तामाङ , उपाध्यक्षमा बिजय तामाङ, महासचिवमा श्याम घिसिङ तामाङ, सचिवमा तारा तामाङ, कोषाध्यक्षमा संच माया तामाङ र सह–कोषाध्यक्षमा निमा गोले तामाङ रहेका छन ।
त्यसैगरी सदस्यमा सम्झना तामाङ ,तिर्थ बहादुर तामाङ, कल्पना तामाङ, बिमला तामाङ, मानकाजी तामाङ, बुरानी तामाङ, सन्जु स्यङ्बो तामाङ , माया तामाङ, कान्छ लामा तामाङ, श्याम मम्बा तामाङ,निमा लामा तामाङ र सलिना तामाङ रहेको जानकारी दिएका छन ।
वैदेशिक रोजगारीको शीलशीलमा इराकका विभिन्न छेत्रमा कार्यरत तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुले आफ्नो धर्म, संस्कृति, भाषा लिपि, एवं पहिचानलाइ भावी पुस्ता सम्म हस्तान्तरण गर्ने सक्ने गरि बचाइ राख्न र आफ्नो तामाङ जातिको मौलिकतालाई सम्बर्द्धन गर्ने मुख्य उद्देश्यका साथ सस्था स्थापना गरिएको महासचिव श्याम घिसिङ तामाङले बताएका छन ।
इराकमा संस्था स्थापनाका लागि धेरै प्रयास भएता पनि विविध कारणले हुन नसकेको बताउदै पछिल्लो समय सबैको साथ र सहयोगमा नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यलयमा दर्ता पश्चात औपचारिकता पाएको नवनिर्वाचित अध्यक्ष लामाले जानकारी दिएका छन ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ इराकका नवनिर्वाचित सबैलाई प्रमाणपत्र बितरण गर्दै अध्यक्ष लामाले इराकका विभिन्न शहरमा कार्यरत तामाङहरुलार्इ एकीकृत गरि आजीवन सदस्यताको प्रमाणपत्र दिने र सम्पुर्ण तामाङलार्इ एकता गराउँदै आउने दिनमा तामाङहरुको महान चाड ल्होछार र बुद्ध जयन्तीलार्इ बिशेश रूपमा मनाउन योजना बनाइ अगाडि बढ्ने बताएका थिए ।खबरडबलि बाट