हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

संसदको पहिलो बैठक सानो पार्टीका प्रतिनिधिहरुको ठूला आवाज

काठमाडौं-संसदको पहिलो बैठकमै सानो आकारका अर्थात एक सदस्यीय पार्टी भएपनि त्यसका प्रतिनिधिहरुले आफूलाई निकै प्रखर, स्पष्ट र रचनात्मकरुपमा प्रस्तूत गरेका छन्।


राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले राष्ट्रिय अखण्डता तथा सार्वभोमसत्ताको सर्वद्धन र भ्रष्ट्राचारलाई समूल नष्ट गर्नु पर्ने चर्को आवाज उठाए, जसलाई प्रतिउत्तरका क्रममा प्रधानमन्त्री केपी ओलीले गम्भीरताका साथ लिएको देखियो।
आइतबार नव निर्वाचित सभामुख कृष्णबहादुर महरालाई शुभकामना दिन र पछि प्रधानमन्त्री ओलीले प्रस्ताव गरेको विश्वास मतका क्रममा प्रतिनिसिभामा बोल्दै लिङदेनले भ्रष्टचारविरुद्ध आफू पनि खरो रुपमा उत्रने र आफ्नो विश्वासको मत पाएका प्रधानमन्त्री ओली लगायत सबै सांसद पनि प्रतिवद्धता अनुसार अघि बढ्नु पर्ने सुझाए।
‘सबै सांसदको मुखबाट भ्रष्टचारविरुद्ध आवाज आइरहेको छ, ऐक्यवद्धता पनि छ तर व्यवहारमा खै त कार्यान्वयन भएको? ,’ लिङदेनले प्रश्‍न गरे,’ अबको पहिलो प्राथमिकता भ्रष्टचारको अन्त्यमा हुनुपर्छ।अनि मात्र मुलुक विकास र समृद्धितर्फ मोडिन्छ।’
‘प्रधानमन्त्री ओलीले नै भन्‍नु भएको छ, म भ्रष्टचार गर्दिन र गर्न पनि दिन्‍न, त्यसमा सहमत छु। तर हामीले फोहोरको डुंगुरमा बसेर शुद्धताको भाषण मात्रै गर्न मिल्दैन।सबैभन्दा पहिला भ्रष्टाचारको सफाइ आफू भित्रैबाट गर्न जरुरी छ,’ लिङदेनले भने।

उनले उपस्थित सबै सांसदलाई म भ्रष्टचार गर्दिन, भ्रष्टचार गरेर खानु आमाको रगत खानु सरह हो भन्‍ने कसम समेत खानु पर्ने सुझाए।‘पहाडमा कोदो खान नपुगेर मधेस झरेको हुँ।अहिले संसदमा उपस्थित छु। दृढताका साथ भन्छु, म भ्रष्टचार गरेर सम्पत्ति थुपार्ने छैन, जो मर्दा सँगै जादैन’, उनले भने।

उनले अघिल्लो पटक प्रधानमन्त्री हुँदा छिमेकी राष्ट्रसँग रेलदेखि तेलसम्म गरेको सम्झौता कार्यान्वयन गर्न ओलीलाई समेत सुझाए।उनले ओलीलाई प्रधानमन्त्रीका लागि समर्थन जनाउदै भने, ‘एक मतको अर्थ हुन्छ पनि हुन्‍न पनि। मुलुकको स्थिरता, सुशासन कायम गर्न र भ्रष्टचारमुक्त समाज निर्माणका लागि विश्‍वासको मत दिन्छौ।’

राष्ट्रिय जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेलले संविधान कार्यान्वयनको चुनौतिमा आफूहरु उभिएको र राम्रो कामको थालनी सुरुवातदेखिनै हुनु पर्ने बताइन्।

बोक्सीको आरोपमा आक्रमणमा परेकी राधिका चौधरीलाई इंगित गर्दै पौडेलले त्यस घटनाका दोषीलाई तत्काल कठघरामा उभ्याउन सरकार पछि हट्न नहुने सुझाव समेत दिइन्।

एक अर्को प्रसंगमा राष्ट्रियता, धर्मरिपेक्षता र गणतन्त्रका विषयमा आँच आउने बाहेकका मुद्दामा समय सापेक्ष रुपमा संविधान संशोधन गर्नु पर्ने उनको भनाई थियो।

ओलीलाई विश्वासको मत जाहेर गर्दै उनले अब सांसदले भ्रष्टचार न्यूनीकरण गर्न, सामाजिक बेथिति अन्त्य गर्न ठूलो भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिइन्।

महिलामाथि भइरहेको गम्भीर अपराधमा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्नुको विकल्प नभएको उनको भनाई थियो।

भ्रष्टचार अन्त्यका लागि गरिएको प्रतिवद्धता कार्यान्वयन हुनु पर्ने र त्यसमा आफूले पनि साथ दिने उनले सहमति जनाइन्।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जनतालाई आश्वासनको पोको मात्रै बाड्न सरकार उद्दत रहेको र त्यसले दीगो परिवर्तन नल्याउने ठोकुवा गरे।

सुवालले कञ्चनपुरका पुरण सुनुवारले आफ्नो आँगनमा विरुवा रोप्दा भारतीय सुरक्षाकर्मीबाट दश गजाको नाममा हप्काई खानु परेको दृष्टान्त पेश गर्दै सार्वभोमसत्ताको कमजोरी र वैदेशिक हस्तक्षेप व्यापक रहेको भन्दै सदनको ध्यानाकर्षण गराएका थिए।
मुलकमा १७ प्रतिशतले मात्र कर तिरेको, खानेपानीको हाहाकार भएको, दिन प्रति दिन भ्रष्टचार बढ्दै गएको, राधिका चौधरीमाथि आक्रमण गर्नेहरु कारवाहीको भागिदार नभएको जस्ता समाचारलाई प्रस्तुत गर्दै आफ्नो भाषण अघि बढाएका थिए।

त्यस्तै उनले राज्यबाट कुनै सेवा पाउन पार्टीका सदस्य या निकट हुनु पर्ने अवस्था रहेको, पार्टी सदस्य लिनु भनेको भ्रष्टाचारको लाइसेन्स लिनु सरह भएको, संसदमा पुगेपछि मन्त्री नै हुनुपर्छ भन्‍ने मान्यता रहेको, पार्टी सदस्यता गुण्डागर्दीको रक्षा कवज बनेको मान्यता व्याप्त रहेको भन्दै त्यसलाई सम्बोधन गर्नु पर्ने सुझाव दिएका थिए।
औद्योगिक र व्यापारीबाट पैसा उठाएर मन्त्री बन्‍ने होड चलेको दाबी पनि उनले गरे।यस्तो स्थितिमा समाजको विकास र समृद्धि कसरी हुन्छ? भन्‍ने प्रश्‍न उनले तेर्साएका थिए।

नेपालका अल्पसंख्यक सबै जातजातिले समान हैसियत र अवसर प्राप्त गर्नु पर्ने माग राख्दै सरकारमा गएका दलले मात्र काम पाउनुपर्ने प्रथा अन्त्य हुनु पर्नेमा पनि उनले जोड दिए। कालो धनलाई सेतो पार्ने काम भइरहेको आरोप लगाउँदै उनले सरकार कमजोर भए मुलुकमा अराजकता शासन स्थापित हुने चेतावनी दिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution