भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने तयारीमा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तयारीमा जुटेका छन् । भारतीइ सञ्चरमाध्यमका अनुसार उनी चाडै नेपाल आउने भएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासीको नेपालले गर्दा मोदी पनि नेपाल आउन लागेको देखिन्छ । मोदीले आउँदो महिना बंगलादेश र भुटानको भ्रमण गर्ने र त्यसपश्चात् नेपाल भ्रमणको योजना तत्कालै बनाउने भारतीय सञ्चारमाध्यम इकोनोमिक्स टाइम्सले दावी गरेको छ ।
चीन र पाकिस्तानको सम्बन्ध सुमधुर भइरहेको बेला नेपालमा सरकार परिवर्तन भएलगत्तै पाकिस्तानी प्रधानमन्त्री अब्बासी बधाई दिन भन्दै नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपालले भारत तथा पाकिस्तानबीचको कुटनीतिक विवादमा समन्वय गर्न सक्ने धारणा राखेपछि भारत झन् झस्केको छ ।