नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकलाई सम्मान

याम्बु – नेपाल तामाङ घेदुङले नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकलाई सम्मान गरेको छ । राष्ट्रिय चाड सोनाम ल्होछार २८५४ तथा तामाङ साँस्कृतिक महोत्सव कार्यक्रमलाई सफल बनाउन सहयोग गरेको भन्दै नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकलाई प्रशशा पत्र द्वारा सम्मान गरिएको हो ।
नेपाल तामाङ घेदुङको ६२औं स्थापना दिवसको अबसर पारेर फागुन २३ गते मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कमालादिमा नेपाल तामाङ घेदुङले प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलाई पनि बधाई ज्ञापन गरेको छ । सोही अवसरमा नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकलाई पनि सम्मान गरिएको हो ।
नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकले तीस हजार रुपैयाँ सहयोग गरेको हो । नेपाल तामाङ घेदुङको महासचिव मोहित कुमार तामाङलाई सो सहयोग पनि सोही कार्यक्रममा हस्तान्तरण गरियो ।
च्याङ्बा लामाको अध्यक्षतामा सो सस्था स्थापना भएको हो ।