काभ्रे रोशीगाउँपालिकाको तामाङ दम्पतिद्धारा नै झुण्डिएर आत्महत्या

काभ्रे – रोशी गाउँपालिका वर्डा नं १२ ,स्थित माथिल्लो केरावारी गाउँका वीर बहादुर स्याङतान तामाङ र नीजको श्रीमति बीबीमाया स्याङताल तामाङले झुण्डिएर आत्महत्या गरेका छन् ।
दिनभरी मकै छरेर साँझ घरमा बेलुकीको खाना बनाउने तयारीमा रहेको अवस्थामा बीबीमाया स्याङतान तामाङले घरको माथिल्लो तलमा भुण्डिएर आत्महत्या गरेको देखिन्छ भने ,उनको श्रीमान् वीर बहादुर स्याङतान तामाङले घर नजिकै जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।
मंगलटार प्रहरी चौकीवाट गएका प्रहरीले मुचुल्का उठाउने कार्य गरिरहेको गाउँलेले जानकारी दिए । घटनाबारे सत्यतथ्य कुरा मृतकको पोष्टमार्टम पछिमात्र बाहिर आउने प्रहरीको भनाई रहेको छ ।