श्रीमती भेट्न न्युजिल्याण्ड पुगेका नेपाली युवकले गरे आत्महत्या

न्युजिल्याण्ड एनआरएनका पदाधिकारीहरुका अनुसार अध्ययनका क्रममा सोही स्थानमा रहेकी आफ्नी श्रीमती भेट्न करिब ३ साताअघि आएका उनको शव झुण्डिएको अवस्थामा स्थानीय पार्कमा फेला परेको थियो । पारिवारिक तनावका कारण घटना भएको हुनसक्ने बताइएको छ । एनआरएन न्युजिल्याण्डका महासचिव रामराज ओलीका अनुसार मृतक परियारको शवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक विवरण अनुसार उनले आत्महत्या गरेको बताइएको छ ।
न्युजिल्याण्डलाई समेत हेर्दै आएको अष्ट्रेलियास्थित दुतावासले समेत घटनाको बारेमा जानकारी पाइएको र आफूहरुले सक्ने सहयोग पुर्याइरहेको बताएको छ । राजदुत लक्की शेर्पाले घटना दुखद भएको बताउँदै दुतावासको तर्फबाट गर्नसक्ने सबै सहयोगका लागि आफुहरु तयार रहेको र सहयोग पुर्इरहेको जानकारी दिइन् ।
यसैबीच एनआरएन न्युजिल्याण्डले मृतकको पारिवारिक चाहना अनुसार शवलाई अन्तिम संस्कारका लागि नेपाल पठाउने पहल भइरहेको बताएको छ । एनआरएनले अहिले सहयोग संकलन गरिरहेको जानकारी दिदै सहयोगका लागि सामाजिक संजाल मार्फत सबैलाई आग्रह समेत गरेको छ । कान्तिपुर