हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

हजारौ बर्ष पहिला नै गरेका थिए ,सीरिया ध्वस्त हुने भविष्यवाणी

इसापूर्व ६८७ को आसपास जब यहुदीहरुले पैगम्बर इसायाले आफ्नो किताब लेख्न सुरु गरे होलान् तब शायद उनलाई अन्दाजा पनि थिएन होला की २८ औं शताब्दीपछि उनी सामाजिक संजालमा छेडिएको वहशको केन्द्रमा हुन्छ।

यतिबेला ब्राजिलको सामाजिक संजालमा भाइरल भएका पोस्टका अनुसार पैगम्बरले इसा पूर्व ७ औं शताब्दीमा इजरायल सँग जोडिएको एक महत्पूर्ण भविष्यवाणी गरेका थिए। जसमा भनिएको थियो,सीरिया गृहयुद्धको चपेटामा आउँछ।’ अझ स्पष्ट शब्दमा भन्ने हो भने पैगम्बर इसायाले आफ्नो भविष्यवाणीमा दमास्कस सहर सखाव हुने उल्लेख गरेका थिए।

बाइबलको ओल्ड टेस्टामेन्टको इसायामा दिएको १७ औं अध्यायको पहिलो छन्दमा पैगम्बरले लेखेका छन्, ‘दमास्कस शहर तब शहर रहँदैन, दमास्कस भग्नावशेषमा परिणत हुन्छ।’

सामाजिक संजालमा शेयर गरिएका पोस्टमा येरमियालाई पनि उल्लेख गरिएको छ। जसका अनुसार ‘दमास्कस शक्तिहीन हुन्छ र बाँच्ने कोसिस गर्छ, दमास्कस डराएको छ। उ यस्तो दुखमा छ जस्तो पीडित महिलाले बच्चालाई जन्म दिँदैछिन्।’

के वास्तवमा यस्तो हुन सक्छ की हजारौं वर्ष पहिला गरिएको इसाया र योरमियाको भविष्यवाणी सत्य सावित भएको हो? या फेरि मानिसहरुलाई यस पवित्र ग्रन्थका विषयमा जानकारी छैन? ती मानिसहरु धम्रका नाममा भइरहेको हिंसालाई सही ठहर्याउन धम्र ग्रन्थलाई प्रयोग गरिरहेका छन्?

रियो दि जेनेरियोका पान्टिफिशियल क्याथोलिक युनिवर्सिटीमा धर्मशास्त्रका प्रोफेसर फ्रेर इजिडोरो मानोरोलो भन्छन्, ‘सीरियामा जुन युद्धको स्थिति छ, त्यो पैगम्बर इसायाको भविष्यवाणीका कारण भएको हो र यो नरसंहारका पछि त्यही कारण हो भने यसको अर्थ यसलाई परिवर्तन गर्न सकिँदैन किन भने यो इश्वरको इच्छा हो।’

साओ पालोका एन्जेलिकन डायोसिसको होली ट्रिनिटी क्याथोलिक चर्चका पादरी आर्थर नारमिमेन्टो भन्छन्, ‘ हामी आफ्नो जिम्मेवारी इश्वरको काँधमा छोड्न सक्दैनौं। यो हाम्रो अन्तर्राष्ट्रिय समुदायको काम हो।

किनभने हामीले सीरियामा जारी गृहयुद्ध अन्त्य गर्न कुनै न कुनै बाटो निकाल्नु पर्छ।’ उनले भने, ‘पवित्र धर्मग्रन्थमा लेखिएका विषयको अर्थलाई सावधानीपूर्वक बुझ्नुपर्छ। इतिहासलाई आधार बनाएर बाइबल लेखिएको थियो। बाइबलमा लेखिएका शब्दलाई त्यसको अर्थभन्दा अगल गरेर हेदा निकै खतरनाक हुनसकछ।’

पैगम्बरको भूमिका

लोकप्रिय आधारका विपरित पैगम्बर त्यस्तो हुन सक्दैन जो भविष्यवाणी गर्छ या यो भविष्य देख्नसक्छ। पैगम्बर त्यो हुन्छ जसले वर्तमान अवस्थालाई चुनौती दिन्छ।

त्यो बेला इसायाले कयौं चिजको निन्दा गरेका थिए। जस्तै राजनीतिक, भ्रष्टाचार, सामाजिक आर्थिक असमानता, कामदारमाथिको शोषण। इतिहासकार भन्छन्, ‘इसायाले दमास्कसको बिनासको उल्लेख थिए, त्यो इसापूर्व ७३२ मा घटेको घटनामा आधारित थियो।’
हजारौं वर्ष पहिला त्यो समय इजराइ देश (इफ्राइम) र अरम देश (दमास्कस) असीरियाका विरुद्धको लडाइँमा एकसाथ थिए।

अध्याय १७ मा उल्लेख भए अनुसार २१ औं शताब्दीमा सीरियाको विनासका बारेमा उल्लेख गरिएको छैन। बरु पैगम्बर इसायाले यो गठबन्धनको हारका बारेमा भनेका थिए र दमास्कसको विनासका बारेमा चिन्ता व्यक्त गरेका थिए। दश वर्षपछि असीरियाका सेनाले इजराइलको राजधानी रमारिया (यो प्राचीन शहर इसा पूर्व ८ औं–९ औं मा इजरायलको राजधानी थियो) माथि कब्जा गरेको थियो।

ब्राजीलका इवैन्जेलिकल लुथेरन चर्चका अध्यक्ष पादरी एगोन कोपोरेक भन्छन्, ‘ इसायाको भविष्यवाणीलाई आज सीरियामा भएको घटनालाई जोडेर हेर्नु धर्मको फाइदा उठाउनु जस्तै हो। यस्तो व्याख्या त्यस्ता कट्टरपन्थीले गर्छन, जसले इसाइ धर्मालम्बीमा डर पैदा गर्न चाहन्छन्।’

नरसंहारका बारेमा अफवाह

बाइबलमा गरिएका भविष्यवाणीलाई सैन्य झडपसँग जोडेर हेर्ने चलन छैन। बेला बेलामा कुनै न कुनै अफवाह सार्वजनिक हुने गरेका छन्। नरसंहारको घटनालाई बाइबलमा गरिएको भविष्यवाणीलाई पूरा भएको घटनासँग जोडिने गरिएको छ। इसायाको भविष्यवाणीको अंग्रेजी संस्करण जो अहिले ब्राजीलमा चर्चाको विषय भएको छ। यसअघि २०१३ मा युरोपमा पनि चर्चामा आएको थियो। बीबीसी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution