यस्तो पनि हुदो रहेछ , डाक्टरले गर्यो तलब बढाएकोमा बिरोध !

काठमाडौं, २५ फागुन — नेपालमा काम चाहिँ नगर्ने अनि तलब चाहिँ बढाउनुपर्ने माग गर्ने कर्मचारीहरू त बग्रेल्ती भेट्नुभएकै होला । तर क्यानडामा चाहिँ यसको ठीक विपरीत काम भइरहेको छ |
त्यहाँ ५०० चिकित्सकहरूको एक समूहले आफ्नो तलब बढेकोमा विरोध गरिरहेको छ ।
वाशिङटन पोस्टमा छापिएको एक खबरअनुसार, ५०० चिकित्सकले एक अन्लाइन निवेदन दिएर तलब वृद्धिको विरोध गरिरहेका छन् । चिकित्सकहरूले आफूहरूको तलब पहिले नै धेरै भएको बताए ।
यी चिकित्सकहरू क्यानडाको क्युबेक प्रान्तमा बस्छन् । उनीहरू तलब बढाउनभन्दा स्वास्थ्य सेवा झन् राम्रो बनाउनमा जोड दिनुपर्ने बताउँदैछन् ।
अन्लाइन निवेदनमा लेखिएको छ, ‘चिकित्सकहरूसँग काम गर्ने स्टाफको स्थिति राम्रो छैन, बिरामीहरू पनि खुशी छैनन् । यस्तो बेलामा तलब बढाउनु उचित हुँदैन ।’
क्यानडामा नर्सहरू धेर खटिनुपरेकाले दुःखी रहन्छन् ।
चिकित्सकहरूले ‘हाम्रा साथीहरू खुशी भएमा अनि रोगीहरू सन्तुष्ट भएमा हामीलाई राम्रो लाग्ने र पैसा बढ्दा मात्र खुशी नहुने’ लेखे ।
चिकित्सकहरूको विरोधप्रति स्वास्थ्य मन्त्रालयको बयान आएको छ । स्वास्थ्यमन्त्री गेटन बारेटेले चिकित्सकहरूलाई पैसा बढी भएमा छोड्न सक्ने सुविधा रहेको बताए । बारेटेले भने, ‘उनीहरूको पैसाको सदुपयोग हुनेछ ।’ मन्त्रीले मन्त्रालयसँग आवश्यक कामका लागि पैसा उपलब्ध रहेको तर बेस्सरी पैसा नरहेको पनि बताए ।
एजेन्सी