एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने पक्राउ, ठगीको आरोप
काठमाडौं । एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने ठगीको आरोपमा पक्राउ परेकी छन् ।
उनलाई प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ पक्राउ गरेको हो । रोमा र उनको पति चिरञ्जीवी न्यौपानेले ३६ लाख ठगी गरेको भन्दै एक वर्षअघि उजुरी परेको थियो ।
चिरञ्जीवी पक्राउ परेपनि रोमा फरार थिइन् | भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।
८ वर्षको उमेरमा दुर्घटनामा देब्रे खुट्टा गुमाएकी रोमा एक खुट्टाकै भरमा कुशल नृत्य प्रस्तुत गर्न सक्छिन् । त्यही कारण उनले देशविदेशमा स्टेज शो कार्यक्रम समेत गरिन् ।