नेपाल आइडल बुद्ध लामासँग एपीवानले ८ लाख माग्यो

काठमाडौं, २४ फागुन । एपीवान टेलिभिजनबाट केही महिना अघि प्रशारण भएको ‘नेपाल आइडल’को उपाधि बुद्ध लामाले जितेका थिए । उक्त उपाधिसहित उनले २० लाख रुपैयाँ नगद, महिन्द्रा केयुभी १०० कार र १५ लाखको एल्बम कन्ट्रयाक्ट पाएको घोषणा गरिएको थियो । साथै उनलाई २० लाख रुपैयाँको चेक र गाडीको चावीसमेत हस्तान्तरण गरिएको थियो ।
तर, अहिले एवीवानले उनै नेपाल आईडल बुद्ध लामासँग आठ लाख रुपैयाँ मागेर तनाव दिएको भन्दै अडियो सार्वजनिक भएको छ ।
लामाको स्वर जस्तो लाग्ने उक्त अडियोमा एवीवान टेलिभिजनले चेक दिए पनि पैसा अहिले आठ महिना पनि नपाएक र जितेको गाडीको भन्सार कर भनेर समेत आठ लाख रुपैयाँ मागेर तनाव दिएको भन्ने सुनिन्छ ।
सो अडियो अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ | उक्त सार्वजनिक अडियोबारे स्वयम् बुद्ध लामाले हालसम्म पुष्टि गरेका छैनन् भने एवीवान टेलिभिजनले समेत आफ्नो धारणा बाहिर ल्याएको छैन ।