इपीएस कोरीयन भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने

काठमाडौं, २४ फागुन– इपीएस कोरीयन भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ ।
इपीएस कार्यालय ग्वार्कोले आज एक सूचना जारी गर्दै यसवर्ष करीब भाषा परीषा पास गर्ने सात हजार एक सय कोरीया जान पाउने छन् । परीक्षार्थी मध्यबाट उत्पादनमुलक क्षेत्रतर्फ चार हजार ८०० र कृषि तथा पशुपालनतर्फ दुइ हजार ३०० कामदार छनोट हुने कार्यालयले जनाएको छ ।
भाषा परीक्षाका लागि एक व्यक्तिले एक क्षेत्रमा मात्रै आवेदन दिनुपर्नेछ । आवेदनका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको व्यक्ति योग्य हुने कार्यालयले जनाएको छ ।
जेठको अन्तिम साता हुने परिक्षाका लागि इच्छुक आवेदकले चैत्र ८ देखि १७ गते सम्म आवेदन दिन सक्नेछन् ।
दश दिनको लागि छुट्याइएको समायावधिमा युवाहरुले इन्टरनेट मार्फत आवेदन भर्नुपर्नेछ ।