एयर इन्डियाले नयाँ दिल्ली-तेलअविव सिधा हवाई उडान गर्ने
तामाङअनलाइन – एयर इन्डियाले नयाँ दिल्ली देखि इजरायलको तेलअविव स्थित बेन गुरियन अन्तराष्ट्रिय बिमानस्थल सम्म सिधा उडान भर्ने भएको छ | आगामी मार्च २२ देखि सेवा सुरु गर्न लागेको हो |
साताको ३ पटक मंगलबार ,बिहिबार र आइतवार उडान भर्ने भएको छ | साउदी अरबले एयर इन्डियालाई आफ्नो हवाई आकाशमार्ग प्रयोग गर्न अनुमति दिएको छ |
हाल इजरायलको EL एयर लाइन्सको तेलअविव- नयाँ दिल्लीको उडान भएपनि इजरायललाई साउदी अरबले आफ्नो आकाशबाट उडान अनुमति दिएको छैन |
नयाँ दिल्ली – तेलअविव सम्मको यात्रा जम्मा ७ घन्टाको हुने एयर इन्डियाले बताएको छ |
यो रुटबाट थोरै समयमा यात्रा गर्न सक्ने भएकोले इजरायलमा कार्यरत नेपालीहरु पनि लाभंधित हुने छन् |