तामाङ घेदुङको स्थापना दिवसको अबसरमा सांसदहरुलाई बधाई तथा सम्मान

काठमाडौ : नेपाल तामाङ घेदुङको ६२ औ स्थापना दिवसको अबसरमा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित तामाङ सांसदहरुलाई खादा सहित सम्मान पत्रले सम्मान गरिएको छ ।
प्रज्ञा भवन कमलादीमा भएको कार्यक्रममा संसदहरुलाई प्रदेशको राजधानी, नामाकरण, कामकाजी भाषामा ध्यानाकर्षण गरिएको थियो ।
सांसदहरुलाई प्रदेश नं.३ को राजधानी काभ्रेको बनेपा, धुलिखेल, पाँचखाल, पनौती लगायतका क्षेत्र जोडेर हुनुपर्ने माग राखेका छन् । प्रदेश नं. ३ मा मुख्यतयाः नेवार र तामाङ समुदायको घना बस्ती रहेकाले नेवाः ताम्सालिङ हुनुपर्ने र कामकाजीको भाषामा नेपाल भाषा, तामाङ भाषालाई तोक्न माग राखेका छन् ।
तामाङहरुको मुक्ति अान्दोलनको इतिहासमै पहिलोपटक २०७४फागुन २०गते नेपालको संघिय संसदमा अाफ्नो मातृ भाषा (तामाङ भाषा)मा सपथ ग्रहण गरी तामाङको इतिहास रच्ने काम गरे कोमा सांसद हितबहादुर तामाङ लाई संमान पत्र प्रदान गरिएको थियो |
कार्यक्रममा सगरमाथा आरोहणका लागि तयार रहेको शर्मिला तामाङलाई नेपाल तामाङ घेदुङ इजरायलले ८९ हजार सहयोग हस्तान्तरण गरेका छन् ।
२८५४ खि सोनाम ल्होछारमा आर्थिक भौतिक रुपमा सहयोग गर्ने विदेशी घेदुङका शाखाहरु, संघसंस्था, मिडिया, ब्यक्तित्व लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।