हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

ओली नेपालबीच ‘लभ अफयेर ’शुरु,ओलीको नेपाललाई सरप्राईज

काठमाडौ,  २३ फागुन। मंगलबार बालुवटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो  जन्म दिन मनाउलान् भन्ने माधवकुमार नेपाललाई थाहा थिएन। मंगलबार सवा चार बजे  ह्यापी बर्थ डे लेखिएको केक  नेपालको अगाडि आँउदा नेपाललाई बल्ल यो कुरा थाहा भयो। नेपालका लागि यो ओलीको एउटा अर्को सरप्राईज थियो।

पार्टी राजनीतिम नेपाल ओली सम्बन्ध धेरै  समय संगै र थोरै समय फरक कित्तामा बित्यो। धेरै समय पाटी भित्र पनि एउटा गुटमानै रहेर बित्यो। तर पार्टीका आठौ महाधिवेशन पछि त्यसमा केहि तिक्तता थपियो।

आठौ महाधिवेशनमा ओली , नेपाल र  झलनाथ खनाल अध्यक्षका दावेदार थिए।  पछिल्लो समयमा आएर नेपालले उम्मेदवारी फिर्ता लिए पछि खनाल र ओली चुनाव लडे।

त्यसबेला भरखरै शशस्त्र बिद्रोहबाट शान्ति प्रक्रियामा आएको माओवादीलाई  नजिक ठान्ने र टाढा ठान्नेहरुको एमालेमा गुट थियो। नजिक ठान्नेको नेतृत्व गर्थे खनाल र टाढा ठान्नेको नेतृत्व गर्थे ओली । त्यो बेलाको एमालेको महाधिवेशनमा देश नै दुई कित्तामा थियो।  एउटा खनालको पक्षमा र अर्को ओलीको पक्षमा ।

खनालको पक्षमा माओवादी थियो भने ओलीको पक्षमा कांग्रेस। तर चुनावमा खनाल जिते ओली हारे। उम्मेदवारी फिर्ता लिएका नेपालले राम्रो सहयोग नगरेर हारेको भनेर ओली पक्षले ओठ दोबारेको थियो।

महाधिवेशन पछिक केहि दिन ओली नेपालबीच ङार्रर ङुरर्र भएपनि पछिल्ला दिनमा उनीहरु एकै समूहमा  जम्मा भए। त्यसबेला संस्थापन  बन्यो खनाल पक्ष।  नेपाल र ओली संगै रहे।

एमालेका नवौ महाधिवेशन आएपछि  नेपाल र ओली फेरि प्रतिस्पर्धी देखिए। यी दुईले अध्यक्षमा चुनाव लडे ओली जिते नेपाल हारे। त्यसपछि देखियो ओली नेपालबीचको तिक्तता
तर राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुदैनन्। अहिले पछिल्लो चरणमा फेरि ओली नेपालबीच ‘लभ अफयेर ’शुरु भएको देखिन्छ। बालुवाटारको मंगलबारको यो सरप्राईज  नेपालका लागि ‘भ्यालेन्टाईन’ डे सरह भएको छ। कमलो मन भएकाका लागि पग्लन कति पनि समय लाग्र्दैन भन्ने पुष्टिनै भएको छ।

ओली बालुवाटार वा बाल्कोट जहाँं  बस्दा पनि  यस भन्दा अघि नेपालको जन्म दिन नआएको होइन। तर यो पल्ट बिशेष गरी आयो। किन कि बालुवटारमा काटिएको त्यो केक मात्र होइन, काटिएको तिक्तता पनि हो। केक जसरी गुलियो थियो, त्यसको सन्देश पनि त्यति नै गुलियो देखियो।

ओली नेपालबीच गोप्य प्रेम’ यस भन्दा अगाडि देखि नै शंकामा थियो। चुनावमा टिकट बाँंडदा होस, समानुपाितक  सांसद छान्दा होस नेपाल नरम थिए।   आफ्ना मान्छेलाई अन्याय भयो भने बैठक छोडौलौ झै गर्ने नेपाल पछिल्ला दिनमा औपचारिकताका लागि मात्र बिरोधमा थिए। यसैकरण तीन तहको चुनावमा नेपाल पक्षका धेरै मानिस राजनीतिमा ‘शहीद भए’।

बलुवाटारमा त्यो केक काटिन्छ भन्ने संकेत सोमबार नै देखिएको थियो। प्रतिनिधिसभाको त्यस दिनको पहिलो बैठकमा राष्ट्रिय पार्टीका शीर्ष नेताले बोल्ने सहमति भएको थियो। बरियतामा नेपाल तेस्रो हुन्। प्रधानमन्त्री ओली प्रधानमन्त्री भएका कारण  अरु वक्ता तय गर्नुपर्ने थियो। बरियताक्रम अनुसार झलनाथ खनालले त्यो मौका पाउनु पथ्र्यो। तर ओली नेपाल प्रेमका अगाडि केहि लाग्नेवाला थिएन। खनाललाई पछि पार्दै नेपालले पाए त्यो मौका।

ओली खनाल गोप्य प्रेमको अर्को संकेत  थियो सोमबार  संसदमा नेपालको भाषण। यस भन्दा अगाडि ओली नेतृत्वको सरकार विरुद्ध संसदमा अविश्वासको प्रस्ताव आउदा बोलेका कुरामा आलोचना पाएका नेपालले सोमबार भने सबै तिरबाट तारिफ  पाए।उनले मुलुकमा ओली नेतृत्वको सरकारले काम गर्ने उद्घोष गरेका थिए।

नेपाल ओली नजिक भएपछि त्यसभित्र पनि अनेक तरंग देखिएका छन्।  महासचिव ईश्वर पोखरेलको कुनै बचन नकाट्ने ओली मन्त्री बनाउदा पोखरेलको कुरा त्यति सुनेको समेत देखिएन। ओली संग नेपाल नजिक भएपछि पार्टीका अर्का बरिष्ठ नेता झलनाथ खनालको त गणना नै हुन छोडेको छ।अहिलेका सबै गतिविधि हेर्दा पोखरेलको ठाँंउ विस्तारै प्रदिप ज्ञावलीले लिने संकेत देखा पर्दैछ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution