हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

किन बदलियो दलाई लामाप्रति भारतको व्यवहार ? तिब्बती कार्यक्रम स्थतिग

भारतीय उच्च अधिकारीले सम्पूर्ण उच्च भारतीय पदाधिकारीहरूलाई तिब्बती कार्यक्रमबाट टाढा रहन भनेको गोप्यपत्र समाचारपत्रहरूले सार्वजनिक गरेको तीन दिनपछि दिल्लीमा हुने तिब्बती कार्यक्रम स्थतिग भएको छ ।

आयोजकहरूले सो कार्यक्रम हिमाञ्चल प्रदेशस्थित धर्मशालामा सारेका छन् । प्रवासमा रहेको तिब्बती प्रशासनले दलाई लामा भारत प्रवेश गरेका ६० वर्ष पुगेको अवसरमा दिल्लीमा विभिन्न कार्यक्रम राखेको थियो |

आयोजक ‘केन्द्रीय तिब्बती प्रशासन’का अधिकारीहरूले स्थान परिपवर्तनमा समाचारमा आएको पत्रको कुनै प्रभाव नरहेको प्रतिक्रिया दिएको छन् । उनीहरूले आफूहरूलाई भारत सरकारबाट कुनै खालको दबाब नआएको बताएको छन् ।

दिल्लीमा रहेका चिनियाँ अवलोकनकर्ता भने सार्वजनिक भएको नयाँ परिपत्रबाट आश्चर्यमा परेका छन् । केहीअघिसम्म चीनविरुद्ध सहजै ‘तिब्बत कार्ड’ खेल्ने गरेको मोदी सरकारको अकस्मातको यो परिवर्तनलाई भारतको चीनसँग सम्बन्ध सुधारको प्रयासका रूपमा हेरिएको छ ।

दोक्लम सङ्कटदेखि भारत चीनबीच असहज सम्बन्ध रहँदै आएको छ ।

यस परिघटनाको सुरुवात ‘इन्डियन एक्सप्रेस’ले २ मार्चमा भारतीय विदेश सचिवले उच्च भारतीय पदाधिकारीहरूलाई लेखेको भनिएको पत्रबारे समाचार सार्वजनिक गरेपछि भएको थियो । उक्त पत्रमा आफ्ना केन्द्रीय र प्रादेशिक ‘उच्च नेताहरू’ र ‘सरकारी पदाधिकारीहरूलाई’ मार्चको अन्त्य र अप्रिलको प्रारम्भमा तिब्बती नेताहरूले गर्न लागेका कार्यक्रमहरूमा सहभागी नहुन भनिएको थियो । कार्यक्रमहरू दलाई लामाको भारत निर्वासनको ६० वर्ष पुगेको अवसरमा दिल्लीमा मार्च ३१ र अप्रिल १ मा आयोजना हुन लागेको थियो ।

फेब्रुअरी २२ मिति भएको सो पत्र परराष्ट्र सचिव विजय गोख्लेले क्याबिनेट सचिव पी.के. सिन्हालाई पठाएका थिए । बेइजिङका पूर्वराजदूत रहेका गोख्लेले सिन्हालाई ‘भारतीय सरकारको सम्पूर्ण मन्त्रालयहरू र विभागहरू तथा प्रादेशिक सरकारलाई प्रस्तावित वार्षिक कार्यक्रममा निमन्त्रणा नस्वीकार्न र सहभागी नहुन गोप्य ‘सल्लाह’ परिपत्र’ जारी गर्न आग्रह गरेका छन् ।

त्यसको चार दिनपछि सिन्हाले सो निर्देशिकापत्रमा उल्लेख भएका केन्द्रीय र प्रादेशिक नेताहरूलाई परिपत्र पठाएको समाचारमा उल्लेख छ । चीनले तिब्बती धार्मिक नेता दलाई लामालाई पहिलेदेखि ‘विखण्डनकारी’ र ‘खतरनाक पृथक्तावादी’ भन्ने गरेको छ । उसले कुनै पनि सरकार दलाई लामासँगको नजिक भएको मन पराउँदैन ।

सचिवहरू र सरकारी विभागहरूका प्रमुखलाई पठाइएको सूचनामा सिन्हाले यी कार्यक्रमहरूमा सहभागिता ‘निरुत्साहित गर्नुपर्छ’ र ‘सो सम्बन्धमा उपयुक्त कदम चाल्न अनुरोध गरिन्छ’ भनिएको छ ।

परिपत्रमा उनले ‘विषयको संवेदनशील प्रकृतिलाई’ जोड दिन गोख्लेको पत्रका केही लाइनहरू उद्धरण गरेका छन् ।
परराष्ट्र सचिवको उद्धरण यस्तो रहेको छ ः “यसमा १ अप्रिल २०१८ मा नयाँदिल्लीस्थित थ्यागराज स्पोर्टस् कम्प्लेक्समा आयोजना गर्न लागिएको ‘धन्यवाद भारत !’ जस्ता ठूला सार्वजनिक कार्यक्रमहरू पनि समावेश रहेको छ । दलाई लामासँग जोडिएको संस्थाले भारतीय अतिथिहरूलाई पनि आमन्त्रित गर्ने सोच बनाएको सूचना छ । यसपछि पनि दिल्लीलगायत भारतका अन्य राज्यहरूमा अन्य कार्यक्रम हुने भनिएको छ ।”

“प्रस्तावित अवधि भारतको चीनसँगको सम्बन्धको सन्दर्भमा अत्यन्त संवेदनशील समय हुनेछ । केन्द्रका हुन् वा प्रदेशका शीर्ष नेताहरू र सरकारी पदाधिकारीहरूको यी कार्यक्रममा सहभागिता राम्रो मानिन्न र यसलाई निरुत्साहित गरिनुपर्छ ।”

गोख्लेले सो पत्र पठाएर चीन भ्रमणमा निक्लिएका थिए । विश्लेषकहरू यस्तो पत्र नियमित प्रक्रिया थियो र यो पटक चाहिँ बाहिर सार्वजनिक भएको हो कि भनेर पनि शङ्का गरिरहेका छन् ।

पत्रबारे समाचार सार्वजनिक भएपछि शुक्रबार जारी गरिएको वक्तव्यमा विदेश मन्त्रालयले भनेको छ ः “दलाई लामासँग सम्बन्धमा सरकारको अडान स्पष्ट र एउटै रहेको छ । उनी आदरणीय धार्मिक नेता हुन् र उनी भारतीय जनतामाझ सम्मानित छन् । हाम्रो पुरानो अडान बदलिएको छैन । उनलाई भारतमा आफ्ना धार्मिक क्रियाकलापहरू सञ्चालन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ ।” भारतको यो वक्तव्यलाई मुख लुकाउने प्रयासका रूपमा हेरिएको छ ।

आलोचकहरूले यस्तो निर्देशिकाले चीनलाई भारत आफ्ना दबाबसामु झुक्ने सन्देश जाने खतरा औँल्याएका छन् । तिनले यस्तो कार्यले भविष्यमा चीनले भारतमाथि आफ्ना थप चासो सम्बोधन गर्न माग गर्ने बाटो खोल्नेतर्फ सचेत हुन आग्रह गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution