हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

एमालेले गर्यो विद्या भण्डारीलाई नै राष्ट्रपति बनाउने निर्णय

नेकपा एमालेले विद्यादेवी भण्डारीलाई वाम गठबन्धनका तर्फबाट पुन: उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी स्थायी कमिटी बैठकले सर्वसम्मतरुपमा उक्त निर्णय गरेको एमाले स्थायी कमिटिका एकजना सदस्य विष्णु पौडेलले बीबीसीलाई जानकारी दिए।

पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा राखेका विवरणहरू आएका थिए।

राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लगाउन सत्तासीन नेकपा एमाले स्थायी समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार मध्यरातीसम्म चलेको थियो।

वर्तमान राष्ट्रपतिलाई नै दोहो-याउने या नयाँ उम्मेदवार अगाडी सार्ने भन्ने बारेमा छलफल चलेको प्रधानमन्त्रीको प्रेस संयोजकका रुपमा काम गरिरेहका चेतन अधिकारीले बताए।

संविधान जारी भएसँगै निर्वाचित भएकी वर्तमान राष्ट्रपति भण्डारीले दोहोरिने चाहना व्यक्त गरेको बताइएपनि एमाले पार्टीको नेतृत्व सम्हालीसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा जनाएका थिए।

एमाले पार्टी अध्यक्ष निकट एक नेताका अनुसार भण्डारीले राष्ट्रपतिको भूमिकामा रहेर प्रभावकारी कार्यसम्पादन गरेको र उनको भूमिका विवादमुक्त रहेको बताउँदै पार्टीका वरिष्ठ नेताहरुले उनलाई नै दोहोर्याउन ठिक हुने बताएका थिए।

राष्ट्रपतिको निर्वाचन फागुन २९ गतेका लागि तोकिएको छ।

गणितिय हिसावले संसदमा कमजोर रहेपनि नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने संकेत गरेको छ।

नैतिक र राजनीतिक हिसावले भण्डारीलाई सहयोग गर्ने अवस्था नरहेको कांग्रेसका नेताहरुले बताउँदै आएका छन्।

तर त्यसवारे निर्णय गर्न बुधबार विहान केन्द्रिय समितिको बैठक बोलाईएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

उनले भने, ”बाम गठबन्धनवाट कुन नाम कुन ढङ्गले प्रस्तावित हुन्छ सोही बमोजिम नेपाली कांग्रेसले निर्णय लिन्छ। संसदमा गणितिय हिसाबले हामी पछाडि नै छौं तर त्यसको बाबजुद पनि अहिलेको राजनीतिक प्रकृयाको सन्दर्भमा हामीले दिने उम्मेदबारीले एउटा निश्चित राजनीतिक सन्देश जाओस् भन्ने उद्देश्यका साथ बुधबारको केन्द्रिय कार्यसमितिको बैठकले यसवारे निर्णय गर्छ।”

राष्ट्रपति र उपराष्ट्रपति थप पाँच वर्षको निम्ति निर्वाचित हुनेछन्।

संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्दा फरक-फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवार सिफारिस गरिनुपर्ने संवैधानिक व्यवस्था छ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार देशको सर्वोच्च पदका लागि बुधवार उम्मेदवारी दर्ता हुँदैछ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि अढाई वर्षअघि भण्डारी देशको दोस्रो राष्ट्रपति र पहिलो महिला राष्ट्रपति बनेकी थिइन्।

एमालेले राष्ट्रपति दोहोर्‍याएमा आफ्नो दल पनि उपराष्ट्रपतिलाई नै निरन्तरता दिने मनस्थितिमा रहेको नेकपा माओवादी केन्द्रका नेताहरूले जनाएका छन्।

एमाले र माओवादी सम्मिलित वामपन्थी गठबन्धनको बहुमत रहेकाले निर्वाचनमा उनीहरूका उम्मेदवार विजयी हुने निश्चित जस्तो देखिएको छ।

राष्ट्रपतिको निर्वाचनको मतपरिणाम घोषणा भएको एक हप्ताभित्र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिने संवैधानिक व्यवस्था छ।

नेपालको संविधानको धारा ६२ का अनुसार संघीय संसद्‌का सदस्य र प्रदेशसभाका सदस्यहरू रहेको निर्वाचक मण्डलले मतदानमार्फत् राष्ट्रपति छान्नेछ। बिबिसि






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution