इजरायलबाट सगरमाथा आरोही शर्मिला स्याङ्तान तामाङलाई आर्थिक सहयोग

नेपाल तामाङ घेदुङ,इजरायलको आर्थिक कोषबाट तामाङ समुदायको पहिलोपटक सगरमाथा आरोही शर्मिला स्याङ्तान तामाङलाई अग्रिम शुभकामनाको साथमा हौसला स्वरुप २५,००० नेपाली रुपैया ( अक्षेरुपी पच्चीस हजार) त्यसैगरी संस्थाकी महासचिव शरिन ख्युङ्वा तामाङको तर्फबाट ५०,९०० (अक्षेरुपी पचास हजार नौ सय), समाजसेवी कादम्बरी दाना श्रेष्ठ को तर्फबाट १०.१०८ (अक्षेरुपी दश हजार एक सय आठ ) नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष नयन इम्सुङ लिम्बूबाट २०५ सेकेल र देब कुमारी मगरबाट १०५ गरी जम्मा नेपाली रुपियाँ ८९,१०८ (अक्षेरुपि उनान्नब्बे हजार एक सय आठ) हस्तान्तरण गरेको छ |
यप पनि क्लिक गरी पढ्नुहोला…
काभ्रेका शर्मिला स्याङतान तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने
नेपाल तामाङ घेदुङ केन्द्रको ६२ स्थापना दिवसको उपलक्ष्यमा संघले निर्बाचित सम्माननिय सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा केन्द्रिय अध्यक्ष मोहन गोले तामाङको बाहुलिबाट नेपाल तामाङ घेदुङ,इजरायलका निबर्तमान कार्यकारिणी सदस्य कुन्ता पाख्रिन तामाङ र वहाँको श्रीमान रुपेन लो तामाङको उपस्तिथीमा आर्थिक सहयोग हस्तान्तरण गरेको नेपाल तामाङ घेदुङ इजरायलकी महासचिब गोमा ख्युङबा तामाङले जानकारी दिनु भएको छ |
काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला स्याङतान तामाङ गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले आगामी चैत २५ गतेबाट सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी छिन् । पाएनियर एड्भेन्चर प्रालि कम्पनीको प्रायोजनमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको झण्डासँगै नेपालको झण्डा र धीरज राईले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गीत एक मिनेट सर्वोच्च शिखरबाटै बजाएर विश्वलाई सुनाउने योजना बनाएको तामाङले बताएकी छिन् |
केन्द्रिय घेदुङ द्वारा आयोजित कार्यक्रममा नेपाल तामाङ घेदुङ,इजरायलको तर्फबाट पनि सम्पूर्ण माननीय सांसदहरुलाई खादा लगाई सम्मान गरेका थिए |
साथै केन्द्रिय घेदुङले नेपाल तामाङ घेदुङ,इजरायललाई प्रबास भुमि इजरायलबाट तामाङ समुदायको हितमा पुर्याउंदै आएको महत्वपूर्ण कार्यहरुको उच्च मुल्यांकन गरी नेपाल तामाङ घेदुङ इजरायल प्रशंसा पत्र प्रदान गरेका थिए |